१६ चैत्र २०८०, शुक्रबार  |  29 March 2024,Friday
Ad

दुर्घटनामा परि घाईते प्रदेश सभा सांसद ओलीको निधन


१०, फाल्गुन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रदेश ५ का सांसद उत्तरकुमार ओलीको उपचारको क्रममा शुक्रवार (आज) निधन भएको छ ।
ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा बिहान करीव ३ बजे ओलीको निधन भएको पारिवारीक स्रोतले जनाएका छ । गत माघ २३ गते बुटवलबाट दाङ जाँदै गरेका प्रदेश सांसद ओली सवार जिप र विपरित दिशाबाट आईरहेको बस घोराही–लमही सडक खण्डमा एकआपसमा ठोक्किएको थियो । दुर्घटनामा परि गम्भिर घाईते ओलिलाई उपचारकालागि काठमाडौ ल्याईएको थियो ।
ओली दाङ्ग क्षेत्र नं ३ ‘ख’मा तत्कालीन नेकपा एमालेबाट प्रदेश सभामा निर्वाचित भएका थिए ।
ओलीको पार्थिब सरिरलाई श्रद्धाञ्जलीकालागि नेकपाको पार्टिकार्यालय धुम्वाराहीमा राखिएको छ । श्रद्धाञ्जली पछि शुक्रबार (आजै) ओलीको शव गृह जिल्ला दाङ लगिने पारिवारीक श्रोतले बतायो ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*