११ बैशाख २०८१, मंगलवार  |  23 April 2024,Tuesday
Ad

दुई कर्मचारी घुससहित बाँकेबाट पक्राउ

२२ फाल्गुन, नेपालगञ्ज । बाँकेका दुई कर्मचारीलाई घुससहित पक्राउ परेका छन् ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोग नेपालगञ्जले मङ्गलबार साँझ बाँकेका दुई सरकारी कार्यालयमा छापा मारेर रु ८७ हजार घुससहित दुई कर्मचारीलाई नियन्त्रण लिएको हो ।
विशेष सूचनाका आधारमा नेपालगञ्ज भन्सार कार्यालयका नायबसुब्बा लक्ष्मण चन्दलाई रु ५२ हजार र आयातनिर्यात गुणस्तर प्रमाणीकरण कार्यालय बाँकेका कार्यालय प्रमुख तथा खाद्य अनुसन्धान अधिकृत विनोदकुमार श्रीवास्तवलाई रु ३५ हजार घुससहित रङ्गेहात नियन्त्रणमा लिएको अख्तियारका नेपालगञ्ज कार्यालयका प्रमुख गणेश गैरले जानकारी दिए ।
नेपालगञ्ज भन्सार कार्यालयका नासु चन्दले आयात हुने सामानको सहजीकरण गरिदिने भन्दै सेवाग्राहीबाट रु ५२ हजार घुस लिएका थिए । त्यस्तै आयातनिर्यात गुणस्तर प्रमाणीकरण कार्यालय, बाँकेका प्रमुख श्रीवास्तवले गुणस्तर प्रमाणीकरण गरिदिएवापत रु ३५ हजार घुस लिँदै गर्दा पक्राउ थिए ।
यसैबिच, अख्तियारले मङ्गलबार यातायात व्यवस्था कार्यालय नेपालगञ्जमा छापामारी त्यहाँबाट केही कागजात समेत नियन्त्रणमा लिएको अख्तियारका नेपालगञ्ज कार्यालयका प्रमुख गैरले जानकारी दिए ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*