१६ चैत्र २०८०, शुक्रबार  |  29 March 2024,Friday
Ad

दिवङ्गत आफन्तका नाममा शतबीज छरि बालाचतुर्दशी पर्व मनाइयो

शिवालयहरुमा शतबीज छरेर बालाचतुर्दशी पर्व मनाइएको छ । प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीको बेलुकी पशुपतिलगायत देशभरका शिवालयमा दीपदान गरी चतुर्दशीका दिन बिहान शतबीज छरेर यो पर्व मनाउने गरिन्छ ।

मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन बेलुकी दिवङ्गत पितृका नाममा दीपदान गर्ने भक्तजनको भीड लाग्ने पशुपति क्षेत्र यस वर्ष तुलनात्मक रुपमा कम भक्तजन मात्रै पुगेका छन् ।

बालाचतुर्दशीको अघिल्लो रात हिजो दिवङ्गत पितृका नाममा दीप दान गरिने मेला भने यो विर्ष पशुपतिमा नलागेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

बालाचतुर्दशीमा लाखौँ भक्तजन पशुपतिमा आउने गरेकाले कोरोना फैलने डरले यस वर्ष दीपदान नगर्न अनुरोध गरेको थियो । आइतबार विहान शतबीज छर्न भने मन्दिरको मुख्य क्षेत्र कैलाशडाँडामा निषेध गरिएपनि मृगस्थली, गुह्येश्वरी र गौरीघाट क्षेत्रमा भने खुला गरिएको थियो ।

परिवारभित्रका दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै एक सय आठ शिवलिङ्ग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप र किराँतेश्वर आदि ठाउँमा शतबीज छर्ने गरिन्छ ।

बालाचतुर्दशीका दिन शिवालयमा एक गेडा बीज छर्दा एक गेडा सुन दान गरेबराबरको पुण्य मिल्ने र दिवङ्गत आत्माले पनि मुक्ति पाउने विश्वास गरिन्छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*