४ बैशाख २०८१, मंगलवार  |  16 April 2024,Tuesday
Ad

दाङ्गमा लो भोल्टेजको समस्या हट्दै

देबि भण्डारी

२६, चैत्र, दाङ्ग । केहि बर्ष यता लो भोल्टेजको मार खेप्दै आएका दाङ्ग बासीको समस्या अव समाधान हुने भएको छ ।
घोराही लमही १३२ केभिए लाईनको तार तान्ने काम सम्पन्न भई एक हप्ता भित्रमा दाङमा हाई भोल्टेज विद्युत वितरण हुने भएपछि दाङ्गमा प्रयाप्त मात्रामा बिद्युतको भोल्टेज आउने भएको हो ।
घोराही लमही १३२ केभिए प्रसारण लाईन आयोजनाका प्रमुख दिपक गौतमका अनुसार अहिले घोराही उपमहानगरपालिका वडा नं ३ झिङनीमा रहेको १३२ केभिएको सवस्टेशन र लमहि सम्मको तार तान्नेकाम सकिएकोे छ ।
लाईन तानिएको क्षेत्रका सानातिना रुखहरु काट्ने , एक लाईनबाट अर्काे लाईन जोड्ने जम्फर जोड््ने, टावरहरुमा मानिसहरु नचड्नकालागि काँडे एङगल जोड्ने, चराहरु नबसुन भनेर वर्ड गार्ड जडान गर्ने, अर्थिङ गर्ने लगाएतका कार्य भईरहेको प्रमुख गौतमले जानकारी दिए ।
तिब्रगतिमा भैरहेको काम सम्पन्न भए पछि सवस्टेशनलाई ७२ घण्टा चार्जमा राख्नु पर्ने र विद्युत वितरण गर्ने कार्य सुरु हुनेछ ।
भण्डै ४३ करोडको लागतमा तयार भएको यस सवस्टेशनमा हाल ३० एमभिएको ट्रान्सफरमर जडान गरिएको छ ।
दाङ्गमा बढदो बिद्युतको माग र खपत अनुसार एक वर्ष भित्र अर्को ३० एमभिएको ट्रान्सफरमर समेत जडान गर्नु पर्ने आवश्यकता रहेको आयोजना प्रमुख गौतमको भनाई छ ।
सिमेन्ट उद्योग तथा खेति योग्य जमिनमा सिचांईकालागि डिप बोडिङ्गको बढदो माग संगै दाङ्गमा बिद्युतको लो भोल्टेज समस्या रहदै आएको थियो ।
हाल जडान गरिएको १३२ केभिएबाट ३३ केभिए ३ वटा लाईन मार्फत घोराही, तुल्सीपुर र दाङ्गमा रहेका सिमेन्ट कारखानामा विद्युत वितरण गरिने पनि आयोजना प्रमुख गौतमले जानकारी दिए ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*