१३ बैशाख २०८१, बिहीबार  |  25 April 2024,Thursday
Ad

दाङमा यस बर्ष ३ लाख बिरुवा रोपिदै

सर्मिला डिसी.
दाङ जिल्लामा यस बर्ष ३ लाख बिरुवा रोपिने भएको छ ।
डिभिजन वन कार्यालय दाङले विभिन्न प्रजातीका ३ लाख बिरुवा रोपिने लक्ष्य राखेको जिल्ला बन कार्यालय दाङले जनाएको छ ।
कार्यालयका अनुसार करिव १ लाख जडिबुटी प्रजाति र २ लाख बढि काष्ठ तथा बहुउदेश्यीय प्रजातिका बिरुवा रोप्ने योजना अनुसार काम शुरु गरिदै छ ।
जिल्ला वन कार्यालय सूचना अधिकारी खिमबहादुर केसीका अनुसार दाङको पहाडी क्षेत्रमा जडिबुटि र अन्य क्षेत्रमा काष्ठ तथा बहुउदेश्यीय प्रजातिका बिरुवा रोप्नका लागि तयारी अवस्थामा रहेको छ ।
जडिबुटीका बिरुवा रोप्नेलाई प्रोत्साहन स्वरुप प्रति बिरुवा ३ रुपैया र अन्य बिरुवाहरु डिभिजन वन कार्यालयले निःशुल्क उपलब्ध गराउने डिभिजन वन कार्यालय दाङका प्रमुख बिजयराज सुवेदीले बताए । साथै सुवेदीले यस अभियानलाई सफल पार्न सवैको साथ र सहयोगको आवश्यकता समेत रहेको बताए ।
यसैबिच बिरुवा रोप्ने अभियान अन्र्तगत घोराही उपमहानगरपालिका वडा नं ११ हापुर गणेशपुरको मित्र सामुदायिक वन क्षेत्रमा अतिक्रमण भएको करिव १० कठ्ठा जग्गा खाली गराइ यस बर्षको बृक्षारोपण अभियान सुरु गरिएको छ ।
मित्र सामुदायिक वनको अतिक्रमण हटाइएको क्षेत्रमा टिक, खयर, मसला, सिसौ, लहरे पिपल लगायतका प्रजातिका ४ सय ५० बिरुवा रोपिएको छ ।
त्यस्तै घोराही उपमहानगरपालिकाकै वडा नं १८ को घोरदौरा कृषि फर्मको आयोजनामा २ हजार टिमुरका बिरुवा, एकिकृत बहुउद्देश्यीय सहकारी कृषि फर्म दुधसारको निजी वन क्षेत्रमा कागति र फलफूलका १ हजार ५ सय बिरुवा रोपिएको छ ।
मेट्रो कलेज तुल्सीपुरको जग्गामा पनि सौन्दर्य प्रजातिका बिरुवा रोपिएको जिल्ला वन कार्यालयले जनाएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*