१४ बैशाख २०८१, शुक्रबार  |  26 April 2024,Friday
Ad

दाङका स्थानीय निकायले आ.ब. २०७८/०७९ को बजेट सार्वजनिक गरे, स्वास्थ्यलाई विषेश प्राथमिकतामा

सर्मिला डिसी.
दाङको तुलसिपुर उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि ३ अर्ब ३९ करोड ९६ लाख १५ हजार रुपैँयाको बजेट सार्वजनिक गरेको छ ।
उपमहानगरपालिकाले कोभिडको संक्रमणलाई मध्येनजर गर्दै स्वास्थ्य, कृषि, रोजगार, गरिबी निवारण तथा शिक्षालाई विषेश प्राथमिकता दिएर बजेट विनियोजन गरेको छ ।
विहिबार नगर सभाको नवौँ अधिवेशनको तेस्रो बैठकमा उप–प्रमुख माया शर्माले ‘समृद्ध तुलसीपुर, सबैका लागि सधैका लागि’ भन्ने मुल नाराका साथ आगामी आर्थिक वर्षको बजेट सार्वजकि गरिन् ।

बजेटमा संघीय सरकारबाट प्राप्त हुने अनुदान र बाँडफाँटबाट २ अरब १७ करोड ९६ लाख १५ हजार, प्रदेश सरकारबाट प्राप्त हुने ९ करोड ७८ लाख १९ हजार, उपमहानगर पालिकाको आन्तरिक स्रोतबाट ६० करोड र अन्य संघसंस्थाहरु बाट प्राप्त रकम २ करोड २५ लाख बरावरको हुने छ ।
यसै विच घोराही उपमहानगरपालिकाले पनि आगामी आर्थिक बर्ष २०७८/०७९ का लागि २ अर्ब २० करोड २८ लाख ७८ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
उपमहानगरपालिको नवौँ नगरसभामा नगर उपप्रमुख सीता सिग्देल न्यौपानेले आगामी आर्थिक बर्षका लागि विकास तर्फ एक अर्ब ७ करोड २५ लाख ९५ हजार रुपैयाँ र चालु तर्फ एक अरव १३ करोड २ लाख ८३ हजार रुपैयाँको बजेट सार्वजनिक गरेकी हुन् ।
घोराही उपमहानगरपालिकाले सामाजिक विकास, आर्थिक र पूर्वाधार विकासलाई प्राथमिकता दिदै बजेट विनियोजन गरेको छ ।
शिक्षा, युवा तथा खेलकुद, जनस्वास्थ्य प्रबद्र्धन, महिला बालबालिका तथा जेष्ठ नागरिक गरी सामाजिक विकास अन्तरगत ६९ करोड ७२ लाख ६४ हजार रुपैयाँ विनियोजन गरेको छ ।
स्वास्थ्य तर्फ जनस्वास्थ्य प्रबद्र्धनका लागि ११ करोड ४१ लाख, कोरोना संक्रमितको उपचार, व्यवस्थापन र मृत्युभएका परिवारलाई आर्थिक सहयोगका लागि एक करोड ८० लाख विनियोजन गरेको छ ।
यस्तै पालिकाहरुले पनि आउँदो आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट आ–आफ्नो सभामा प्रस्तुत गरेका छन ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*