८ बैशाख २०८१, शनिबार  |  20 April 2024,Saturday
Ad

त्रिभुवन विमानस्थलमा विशेष अध्यागमन डेस्क स्थापना

१५, चैत, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छुट्टै अध्यागमन डेस्क सञ्चालन गरिएको छ । लगानी सम्मेलनलाई मध्यनजर गर्दै छुट्टै अध्यागमन डेस्क सञ्चालन गरिएको हो । डेस्कले गैरआवासीय नेपालीको आवागमनलाई सहज बनाउन मद्दत पुर्याउने त्रिभुवन बिमानस्थलले जनाएको छ ।
विमानस्थलको अध्यागमन कार्यालयको सहयोगमा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले अध्यागमन डेस्क स्थापना गरेको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए ।
बिहीबार उद्घाटन गरिएको अध्यागमन डेस्क विदेशी पाहुना, व्यवसायी तथा कूटनीतिक अधिकारीको सहजताका लागि चार दिनसम्म सञ्चालन गरिने छ ।
लामो समयदेखिको प्रयासले सार्थकता पाएकोमा खुसी व्यक्त गर्दै सम्मेलनमा सहभागी पाहुनाको सहजताका लागि डेस्क उपयोगी हुने एनआरएनएका अध्यक्ष भुवन भट्टले बताए । सरकारले गैरआवासीय नेपालीलाई मुलुकका महत्वपूर्ण एजेन्डामा समेत सहभागी गराएको बताउँदै उनले आगामी दिनमा पनि सरकारसँग सहकार्य गर्ने प्रतिबद्धता जनाए ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*