७ बैशाख २०८१, शुक्रबार  |  19 April 2024,Friday
Ad

ताप्लेजुङ्गमा हेलिकप्टर दुर्घटना, प्रर्यटन मन्त्री अधिकारी सहित ७ जनाको मृत्यु

१५, फाल्गुन, काठमाडौं । ताप्लेजुङ्गमा भएको हेलिकप्टर दुर्घटनामा प्रर्यटन मन्त्री रविन्द्र अधिकारी सहित ७ जनाको मृत्यु भएको छ ।
ताप्लेजुङ्गको पाथिभारा मन्दिर दर्शन गरेर फर्कदै गर्दा फुलिङ्ग नगरपालिका १० पुरुंगो सिस्नेखोला स्थित दारेढुँगाको जंगलमा हेलिकप्टर दुर्घटना भएको हो । एयर डाईनष्टीको हेलिकप्टर दुर्घटनामा परि प्रयर्टन मन्त्री रविन्द्र अधिकारी, प्रर्यटन व्यावसायी आङछिरिङ शेर्पा, उपसचिव यूवराज दाहाल, उड्ययन प्राधिकारणका उप–महानिर्देशक बिरेन्द्र प्रसाद श्रेष्ठ, सुरक्षाकर्मी अर्जुन श्रेष्ठ, उड्ययन प्राधिकरणका ध्रुव भोछिभोया र क्यप्टेन प्रभाकर के.सी. रहेका छन् । टोलि तेह्रथुमको चुहान डाँडा एयरपोर्ट निरिक्षण गरि पाथिभारा मन्दिर दर्शन गर्न गएको थियो । दर्शन पश्च्यात फर्कने क्रममा दुर्घटना भएको थियो ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*