१३ बैशाख २०८१, बिहीबार  |  25 April 2024,Thursday
Ad

डा. गोविन्द के.सी.ले सुरु गरे जुम्लाबाट १९ औं सत्याग्रह

जुम्ला । डाक्टर गोविन्द के.सी.ले जुम्लाबाट १९ औं सत्याग्रह सुरु गरेको छन् ।
चिकित्सा शिक्षामा सुधारको माग राख्दै सोमबार जुम्लाको चन्दननाथ–६ रानिचौरमा रहेको वाविरा मन्दिरमा डा. केसी सत्याग्रह सुरुगरेका हुन् ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एम.बि.बि.एस.लगायतका कार्यक्रम सञ्चालन गरिनुपर्ने र स्नातकोत्तर तहको अनुमति तत्काल प्रदान गर्नुपर्ने, गेटा मेडिकल कलेज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्टानमा पठनपाठन सुरु गरिनुपर्ने ड. के.सी. माग छ ।
त्यस्तै प्रदेश नम्बर २ र गण्डकी प्रदेश तथा डोटी, डडेलधुरा, उदयपुर र इलाम, पाँचथरमा सरकारी मेडिकल कलेज एवं अस्पताल प्रक्रिया अघि बढाउनु पर्ने समेत उनले माग राखेका छन् ।
आम नेपालीले निस्शुल्क गुणस्तरीय शिक्षा तथा स्वास्थ्य सेवामा समान पहुँचको सुनिश्चितताका लागि सरकार विरुद्ध जुम्लामा १९ औं सत्याग्रह सुरु गरेको डा. गोविन्द केसीले बताए ।
यस अधि १६ औं सत्याग्रह पनि जुम्लामै बसेका डा. के.सी.ले पहिलेको सत्याग्रहका बेला गरिएका सम्झौताहरु अहिलेसम्म पनि सरकारले कार्यान्वयन नगरेकाले आफू बाध्य भएर पुनः अनशन बस्न परेको बताए ।
२०७५ साउन १० गते भएको सम्झौता अनुसार सरकारले चिकित्सा शिक्षा ऐनमा संशोधन गर्नुपर्ने उनको भनाई छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*