१२ बैशाख २०८१, बुधबार  |  24 April 2024,Wednesday
Ad

डढेलो नियन्त्रण बाहिर गए पछि अस्ट्रेलियामा आपतकालको घोषणा

काठमाडौं । डढेलो नियन्त्रण बाहिर जान थालेपछि अस्ट्रेलियामा आपतकाल घोषणा गरिएको छ ।
राजधानी शहर क्यानबेरा लगाएत आसपासका क्षेत्रमा लागेको डढेलो नियन्त्रण बाहिर जान थाले पछि आपतकाल घोषणा गरिएको अस्ट्रेलियाका अधिकारीहरूले बताएका छन् ।

उनिहरुका अनुसार अनियन्त्रित डढेलो एक सय ८५ स्क्वायर किलोमिटरसम्म फैलिसकेको छ । शुक्रबार देखि यो घोषणा ७२ घण्टासम्म लागू हुने छ । त्यहाँका अधिकारीहरूलाई जोखिमलाई मध्यनजर गर्दै शहर खाली गर्ने तथा सडक बन्द गर्ने सम्मको अधिकार दिइएकोे छ ।
क्यानबेराका मुख्यमन्त्री एन्ड्रिउ बार्रका अनुसार सन् २००३ पछि यो पहिलो पटक आपतकाल घोषणा गरेको बताएका हुन् ।

गत सेप्टेम्बरदेखि अस्ट्रेलियाको इष्ट कोस्टसम्म फैलिएको डढेलो नियन्त्रण गर्न अग्नि नियन्त्रकहरूले ठुलो प्रयास गरिरहे पनि पूर्ण रुपमा सफल हुन सकेका छैनन् ।

डढेलोले अहिले सम्म ३३ जना मानिसको मृत्यु भैएको छ भने झण्डै ५० करोडभन्दा बढी पशुपंक्षी मरेको समाचार एजेन्सीहरुले बताएका छन् ।
स्थानियका भण्डै २५ सय घर आगोले क्षेति पुरयाएको छ । (एजेन्सी)

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*