१५ चैत्र २०८०, बिहीबार  |  28 March 2024,Thursday
Ad

जसपाद्धारा संसद विघटन विरुद्ध कांग्रेसकै मोडेलको कार्यक्रम तय

जनता समाजवादी पार्टी (जसपा) ले प्रतिगमनविरुद्ध माघ २९ गतेसम्मका लागि आन्दोलनका कार्यक्रम तय गरेको छ ।

आज बसेको पदाधिकारी बैठक साे निर्णय गरेको पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले ट्वीटरबाट जानकारी गराएका छन् ।  उनले प्रतिगमनविरोधी संघर्ष र पार्टी समायोजन कार्यक्रम सँगसँगै लैजाने पनि उल्लेख गरेका छन् ।  

डा.भट्टराईका अनुसार माघ २३ जिल्ला, माघ २५ संघीय र प्रदेश निर्वाचन क्षेत्र, माघ २७ महानगर, उपमहानगर, नगरपालिका र गाउँपालिका, माघ २९ मा वडा तहमा समायोजन सँगसँगै पुत्लादहन र मसाल जुलुस लगायत कार्यक्रम आयोजना हुनेछ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*