१५ चैत्र २०८०, बिहीबार  |  28 March 2024,Thursday
Ad

चिनियाँ हस्तक्षेप विरुद्ध प्रदर्शन गर्ने १७ जना युवा पक्राउ

चिनियाँ दूतावासअगाडि प्रदर्शन गर्ने १७ जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ। युवाहरुले चिनियाँ हस्तक्षेपको विरोधमा नारा लगाएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

नेपालको चार दिने भ्रमण सकेर चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागका उपपमन्त्री गुओ यैचो नेतृत्वको टोली स्वदेश फर्किएकै दिन युवाहरुले चिनियाँ दूतावासअगाडि प्रदर्शन गरेका थिए ।

बालुवाटारस्थित दूतावासअगाडि विरोध प्रदर्शनमा उत्रिएका १७ जनालाई नियन्त्रणमा लिएर मालीगाउँमा राखिएको शिजर भट्टले जानकारी दिए । पक्राउ पर्ने अधिकांश नेविसंघनिकट भएको बुझिएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*