११ बैशाख २०८१, मंगलवार  |  23 April 2024,Tuesday
Ad

चार पूर्व प्रधानन्यायाधीश विरुद्ध अवहेलनाको मुद्दा दर्ता

अदालतको मानहानि गरेको भन्दै चार पूर्व प्रधानन्यायाधीश विरुद्ध अवहेलनाको मुद्दा दर्ता भएको छ। पूर्व प्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीलाई विपक्ष बनाइएको छ । धनजित बस्नेतको रिट बुधवार दर्ता भएको हो। शुक्रवार बिहान १० बजे पेसी तोकिएको सर्वोच्च प्रशासनले जानकारी दिएको छ। 

उनीहरूमाथि अदालतमा विचाराधीन मुद्दा प्रभावित पार्ने गरी विज्ञप्ति प्रकाशित गरेको विषय उल्लेख छ । उनीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटनविरुद्ध सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस चलिरहेको बेलामा अपिल जारी गरेका थिए।

पुस २४ मा उनीहरूले जारी गरेको अपिलमा प्रतिनिधिसभा विघटन गर्नुलाई असामान्य राजनीतिक एवं संवैधानिक गतिरोधका रूपमा लिनुपर्ने बताएका थिए।

विज्ञप्तिमा भनिएको थियो ‘ ‘नेपालको संविधान २०७२ को धारा ७६ मा मन्त्रिपरिषद् गठन गर्ने सिलसिलामा वा सो प्रयोजनका लागि बाहेक कुनै अवस्थामा पनि प्रतिनिधिसभा विघटन गर्ने अधिकार एवं व्यवस्था नगरिएको अवस्थामा पनि आकर्षित नहुने धारा ग्रहण गरी प्रतिनिधिसभा विघटन गरिएको पाइन्छ।’

अदालतमा विचाराधीन मुद्राबारे विज्ञप्ति निकालेर मुद्दा प्रभावित गर्न खोजेको र अदालतको मानहानि गरेको रिटकर्ताको जिकिर छ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*