७ बैशाख २०८१, शुक्रबार  |  19 April 2024,Friday
Ad

चलचित्र “आँधी तुफान २” बन्दै, फिल्ममा दाङकी याङ्सु श्रेष्ठ पनि डेव्यु गर्दै


नेपाली फिल्म उद्योगमा सिक्वेलको रुपमा ‘आँधी तुफान–२’ आउने भएको छ ।
बिहीबार काठमाडौं आयोजित एक कार्यक्रमबीच २०६१ सालमा निर्मित आँधी तुफानको सिक्वेलको रुपमा यो फिल्म निर्माण घोषणा गरिएको हो ।
सय बढी फिल्ममा आफ्नो क्षमता देखाई सकेका लेखन तथा निर्माता मौनता श्रेष्ठले नै यो आँधी तुफान २ को कथा बस्तु लेखेका हुन् ।


मदन घिमिरेले निर्देशन गर्ने फिल्ममा दाङकी याङ्सु श्रेष्ठ, आरती आचार्य र पुनम गौतमले डेव्यु गर्दैछन् ।
थ्रिलर र सस्पेन्स विषयमा भरपूर नारी एक्सन समेटिएको फिल्ममा मुकुन्द थापा, ध्रुव कोइराला, कनिज कोइराला, सञ्जय खतिवडा, पुष्कर राउत, सिवन लामा, राजाराम गौतम, गोकुल सुवेदी, पुनम गौतम, सान, अधिकारीले अभिनय गर्ने छन् ।
त्यस्तै सोनी बीसी, जोया बुढाथोकी, रूपा केसी, सरोज दाहाल, बिन्दिया ठकुरी, रमेश तामाङ, बालकलाकार अरुण कालीराजलगायतको पनि अभिनय रहनेछ ।


आउँदो चैत्र महिनाबाट छाँयाङ्कन सुरुहुने फिल्मको रामशरण उप्रेतीले छायांकन गर्नेछन् भने प्रेम चुल्ठेको एक्सन, सुरेश अधिकारीको संगीत, हरि उप्रेती र दिनेश सुवेदीको गीत तथा रानी शाक्यको स्वर रहनेछ ।


कमल राई नृत्य निर्देशक रहेको फिल्मको निर्माण तथा नियन्त्रक नारायण चालिसे रहने छन् ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*