१५ चैत्र २०८०, बिहीबार  |  28 March 2024,Thursday
Ad

चन्द्रागिरि हिल्सको आइपिओ आजदेखि निष्काशन

चन्द्रागिरि हिल्सले आज शुक्रबारदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर निष्काशन गरेको छ। कम्पनीले सर्वसाधारण समूहका लागि छुट्याएको १५ लाख ३४ हजार कित्तामध्ये कर्मचारी र सामूहिक लगानी कोषलाई छुट्ट्याएर बाँकी रहेको १३ लाख ९६ हजार कित्ता सर्वसाधारणका लागि जारी गरेको हो।

कम्पनीले कर्मचारीका लागि ६१ हजार ३६४ कित्ता र सामूहिक लगानी कोष म्युचुअल फण्डका लागि ७६ हजार ७०५ कित्ता सुरक्षित गरेको छ। कम्पनीको प्राथमिक सेयरमा सर्वसाधारणले न्युनतम १० कित्तादेखि अधिकतम १३ हजार ९६० कित्तासम्मका लागि आवेदन दिन सक्ने छन्।

कम्पनीले छिटोमा पुस २८ गतेसम्म र पहिलो चरणमा बिक्री नभए ढिलोमा माघ ९ गतेसम्म बिक्री खुला गर्न सक्ने छ। सर्वसाधारणले आस्वा सुविधा प्रदान गर्ने सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्ने छन्।

कम्पनीले यसअगाडि प्रभावित क्षेत्रका बासिन्दाका लागि सेयर जारी गरेर बाँडफाँड गरिसकेको छ। प्रभावितले अधिकतम ८० कित्तासम्म शेयर प्राप्त गरेका थिए।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*