१३ बैशाख २०८१, बिहीबार  |  25 April 2024,Thursday
Ad

चट्याङ लागेर डडेल्धुरामा २ जनाको ज्यान गयो , चार घाइते


२५ माघ, डडेल्धुरा । डडेल्धुराका फरकफरक स्थानमा चट्याङ लागेर शुक्रबार दुई जनाको ज्यान गएको छ । चारजना घाइते भएका छन् । ज्यान जानेमा बझाङको दुर्गाथली गाउँपालिका–७ का ४८ वर्षीय गोगन दौल्याल र भागेश्वर गाउँपालिका–५ सलेताको २० वर्षकी सरस्वती नाथ रहेका छन् ।
बिहान करिव साढे २ बजे एक्कसी परेको चट्याङ लागेर सरस्वतीको घरमै सुतिरहेको अवस्थामा मृत्यु भएको छ । यस्तै अमरगढी नगरपालिका–३ रजोडामा रहेको राजपुर सामुदायिक वन उपभोक्ता समूहको भवनमा सुतिरहेका मजदुर बझाङका गोगन दौल्यालको पनि बिहान करिव ४ बजेतिर परेको चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
चट्याङ लागेर घाइते हुनेमा ८ वर्र्षीय खगेन्द्र नाथ, १५ वर्र्षीय देवेन्द्र नाथ, १४ वर्र्षीया कल्पना नाथ र १२ वर्षीया शान्ति नाथ रहेका छन ।
घाइते चारैजनालाई उपक्षेत्रीय अस्पताल डडेल्धुरा पठाईएको जिल्ला प्रहरी प्रमुख डम्बरबहादुर केसीले जानकारी दिए । चट्याङ लागेर सरस्वती नाथको घरमा एक हल गोरु र एक दुहुनो गाई पनि परेको वताईएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*