६ बैशाख २०८१, बिहीबार  |  18 April 2024,Thursday
Ad

चट्याङबाट मृतक परिवारले राहत स्वरुप किरीया खर्च पाए

११, आषाढ, दाङ । चट्याङबाट मृत्यु भएका राप्ती गाउँपालिकाका ३ बालकका परिवारले राहत स्वरुप किरीया खर्च पाएका छन् ।
दैवी प्रकोपमा मृत्यु भएका परिवारलाई तत्काल राहत दिने योजना अनुसार राप्ती गाँउपालिकाले मृतकका परिवारलाई किरिया खर्चवापत प्रति परिवार १५–१५ हजार र जिल्ला प्रशासन कार्यालय दाङले १ लाखका दरले राहत उपलब्ध गराएको हो ।
त्यस्तै राप्ती गाउँपालिकाले चट्याङमा परी घाईते भएका अबिनाष चौधरीको उपचारको लागि १० हजार समेत राहत रुवरुप उपलब्ध गराएको छ ।
राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदि, उपाध्यक्ष जगदम्वा कुमारी चौधरी, जिल्ला प्रशासन कार्यालय दाङका प्रशासकिय अधिकृत जनक प्रसाद भण्डारी, प्रमुख प्रशासकिय अधिकृत राम प्रसाद शर्मा लगाएतको रोहवरमा मृतक बालकहरुका परिवारलाई राहत वितरण गरिएको थियो ।
राप्ती गाउँपालिकाको ३ नं वडा को ६५ नम्वर गाउँका तिन जना बालकहरुको हिजो १० गते (सोमवार) जामुन खान रुखमा चढेको बेला चट्याङमा परेका थिए । चट्याङ लागेर १२ बर्षका साजन चौधरी, १३ बर्षका बिवेक चौधरी र १० बर्षका रमित चौधरीको मृत्यु भएको र ८ बर्षका अबिनाष चौधरी घाईते भएका थिए ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*