११ बैशाख २०८१, मंगलवार  |  23 April 2024,Tuesday
Ad

गुरुयोजाना अन्र्तरगत ३४ विद्यालय मर्च भै ४ मात्र बटा बन्ने

देबी भण्डारी
१२, चैत्र, दाङ । दाङको बबई गाउँपालिकाले आवासिय विद्यालय निमार्णको गुरुयोजना निर्माण थालेकोे छ ।
बबई गाउँपालिकामा रहेका ३४ विद्यालयलाई मर्ज गरि गाउँपालीकाले ४ वटा मात्र आवासिय विद्यालय बनाउने गुरुयोजना निमार्ण थालेको गाउपालिका अध्यक्ष भुवनेश्वर पौडेलको जानकारी दिए ।
गाउँपालीका भित्रका कतीपय विद्यालयमा विद्यार्थीको संख्या अत्यन्त न्युन रहेपछी गाउँपालिकाले विद्यालय मर्ज गर्ने योजना अघि सारेको हो ।
विद्यालयमा विद्यार्थी संख्या कम भएकोले अवको प्रमुख योजना गाउँपालिका भित्र रहेका ३४ वटा विद्यालयलाई मर्ज गरेर ४ वटामा झार्ने र आवासिय विद्यालय वनाउने गाउपालीकाको उद्देश्य रहेको गाउँपालिकाका अध्यक्ष पौडेलले वताए ।
बबई गाउँपालिकाले आवासिय विद्यालय निमार्ण संगै विद्यार्थीह?लाई गास , वास र आवास सहितको निशुल्क शिक्षा प्रदान गर्ने योजना समेत अघि सारेको गाउँपालिका अध्यक्ष पौडेको भनाई छ । शिक्षाको विकास संगै गाउँपालिकालाई उज्यालो वनाउने अभियान आफुहरुको रहेको समेत अध्यक्ष पौडलले वताए ।
गाउँपालिकाले अघि सारेको उज्यालो गाउँपालिका वनाउने योजना चुनौतीपुर्ण देखिन्छ । भइरहेका स्थानवाट विद्यालयह? स्थान्तान्तरण गर्दा अभिभावक र त्यहाँ पढ्दै गरेका साना बालवालीका समस्या हुन सक्ने जानकारह? बताउन्छन् । मर्ज अभियान अन्र्तरगत सारिएका विद्यालयमा आफ्ना बालवालिकालाई अपायक पर्ने भन्दै स्थानिय अभिभाबको बिरोध समेत आउन सक्ने गाउँपालिका अध्यक्ष पौडेल स्वीकारछन् ।
तर दिगो र व्यवस्थित भौतिक पुर्वाधार संगै गुणस्तर युक्त शिक्षा प्रदानकालागि आफुहरुको योजना उपयुक्त बिकल्प हुने अध्यक्ष पौडेकको बुझाई छ ।
अहिले पनी बबई गाउँपालिकामा झण्डै एक सय ७३ विद्यार्थी विद्यालय वाहीर रहेको गाउँपालिकाको तथ्याङ्कले देखाउँछ । आवासीय विद्यालय संचालन गरेर भएपनि बाहिर रहेका बिद्यार्थीलाई विद्यालयसम्म आउने वातवरण बनाउनु गाउँपालीको खुख्य योजना रहेको बताईन्छ ।
समुदायमा घट्दै गएको सामुदायिक बिद्यालयको गुणस्तरियता प्रतिको अबिश्वास बबई गाँपालिकाको शैक्षिक गुरुयोजना सफल भए मुलुक भरि नै त्यस योजना उदाहरणीय बन्ने गाउँपालिकाको बिश्वास छ ।
त्यसो त आर्थिक वर्ष २०७५/०७६ को लागि बबई गाँउपालिकाले छनौट गरेका जम्मा २ सय २४ योजना मध्ये हालसम्म ३२ योजना सम्पन्न गरिसकेको छ ।
ववई गाँउपालिकाले गरेका काम ,समस्या र चुनौतीका वारेमा नेपाल प्रेस युनियन दाङले आईतवार हापुरेमा गरेको छलफल कार्यक्रमको आयोजना गर्यो । छलफल कार्यक्रममा गाँउपालिकाले हालसम्म गरेका काम साथै योजनाका वारेमा जानकारी दिदै प्रमुख अतिथी गाँउपालिकाका अध्यक्ष भुवनेश्वर पौडेलले यस आर्थिक वषर््ामा अघि सारिएका जम्मा २ सय २४ योजना मध्ये हालसम्म ३२ योजना सम्पन्न भएको जनाए । वाँकी १ सय ८६ योजना सम्झौता भई सकेको र केहि निर्माण कै क्रममा रहेको जानकारी दिए । गाँउपालिकामा आएको कुल ३५ करोड वजेट मध्ये वाट आगामि जेठ महिना भित्रमा सवै योजना निर्माण भई सक्ने वताए । उनका अनुसार प्रमुख योजनामा वाटोघाटो, शिक्षा र स्वास्थ्य लाई प्रथमिकतामा राखिएका छन् ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*