७ बैशाख २०८१, शुक्रबार  |  19 April 2024,Friday
Ad

गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलले विश्वासको मत पाए

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत पाएका छन् ।

प्रदेशसभाको विश्वास छ भनी शुक्रबार मागिएको प्रस्ताव बहुमतबाट पारित भएको सभामुख नेत्रनाथ अधिकारीले घोषणा गरेकाछन् ।

नेकपा एमालेले विपक्षमा मतदान गरेपनि पोखरेलको पक्षमा ३१ सांसदले मतदान गरेका छन् ।
उनलाई नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी र स्वतन्त्र सांसद दीपक मनाङेको समर्थनमा मुख्यमन्त्री बनेका थिए ।

प्रदेशसभामा विपक्षी दल एमालेको २७, नेपाली कांग्रेसको १५, माओवादी केन्द्रको सभामुख सहित १२, राष्ट्रिय जनमोर्चाको २, जनता समाजवादी पार्टीको २, एकजना स्वतन्त्र गरि जम्मा सांसद ५९ जना सासंद छन् ।
प्रदेशसभामा विश्वासको मत पाउन ३० मत आवश्यक पर्नेमा पोखरेलको पक्षमा ३१ मत परेको हो ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*