६ बैशाख २०८१, बिहीबार  |  18 April 2024,Thursday
Ad

गगन थापाको प्रश्न : राष्ट्रपति दायित्य प्रचण्ड र ओलीको झगडा मिलाउने जिम्मेवारी हो ?


नेपाली कांग्रेसका नेता गगन थापाले कोरोना महामारीका बीच बाध्य भएर आफ्नो पार्टी सडकमा आउनुपरेको बताएका छन्। कांग्रेसले सोमवार गरेको देशव्यापी प्रदर्शन अन्तर्गत धनगढीमा आयोजित सभामा बोल्दै उनले सरकारका क्रियाकलापबाट आजित भएर सडकको सहारा लिनुपरेको र सरकार ठेगानमा नआएसम्म सडकबाट नफर्कनेसमेत दाबी गरे।

उनले बालुवाटारको दुलोमा लुकेर षड्यन्त्र गरेको सरकारलाई ठेगान लगाउन कांग्रेस सडकमा आएको भन्दै सरकारले घुँडा नटेकेसम्म हामी सडकमै रहने बताए । राष्ट्रपति विद्यादेवी भण्डारी महामहिम नभई जनताले नै बनाएको राष्ट्रपति भएको उनले स्मरण गराए।

उनले राष्ट्रपतिले मर्यादा नराखेको भन्दै प्रचण्ड र केपी ओलीको झगडा मिलाउने जिम्मेवारी राष्ट्रपतिको नभएको संझाए । नेता थापाले भने, राष्ट्रपति महोदय आँखा नचम्काइ बक्स्योस्, हात नचम्काइ बक्स्योस्, हिम्मत भए काठमाडौंमा चुनाव लड्न आइबक्स्योस्, राजालाई त सडकबाट फाल्यौं। राष्ट्रपतिलाई पनि सडकमा ल्याउन हिम्मत राखौं ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*