६ बैशाख २०८१, बिहीबार  |  18 April 2024,Thursday
Ad

गए रातिको अबिरल बर्षाले वितन्डा मच्चायो : बढी लुम्बिनी प्रदेश प्रभावित

गए राति परेको अविरल बर्षाका कारण लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रलाई बढी प्रभाव पारेको छ ।
अबिरल बर्षाका कारण पूर्व पश्चिम राजमार्ग अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार बर्षाले लुम्बिनी प्रदेशका विभिन्न आठ स्थानका सडक, कल्भर्ट, पुल भासिएर पूर्व पश्चिम राजमार्ग अवरुद्ध भएको छ ।
बर्षाले नवलपरासी जिल्लाका बिभिन्न वस्ति तथा सैयौं घरहरु डुबानमा परेका छन् ।


अर्घाखाँचीको सदरमुकाम जोड्ने गोरुसिंगे–सन्धिखर्क सडक पहिरो खसेका कारण अवरुद्व भएको छ ।

बाढीले नवलपरासी –पश्चिम बर्दघाट नगरपालिका १० लण्डनबृज स्थित पूर्व पश्चिम राजमार्ग सडक खण्ड र सुनवल नगरपालिका १२ बडेराको ड्राइभर्सन बगाएपछि बाटो पूर्ण रुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

यस्तै रुपन्देहीको देवदह नगरपालिका वडा न. ९ स्थित घोडाहा खोलामा पुल भासिदा पनि पूर्व पश्चिम राजमार्ग अवरुद्ध बनेको छ ।
सडक अवरुद्ध भए पछि पूर्व पश्चिम हिडेका सैयौं गाडी बाटामा रोकिएका छन्, भने गन्तव्यमा हिडेका यात्रुहरु बाटैमा अलपत्र परेका छन् ।

उता पाल्पाको सिद्धार्थ राजमार्ग पनि अवरुद्ध भएको छ । त्यहाँ स्थित रम्भा गाउँपालिका ३ सितापहाडमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

यस्तै बर्दियाको बांसगढी नगरपालिका १ बबइस्थित कोहलपुर–सुर्खेत राजमार्ग पनि अवरुद्ध भएको बताईएको छ ।

उता महोत्तरीमा पनि बर्षा संगै आएको बाढीले रातुखोला आसपासका वस्ति डुवानमा परेका छन् ।
महोत्तरीको बलवा नगरपालिका ४ स्थित रातु खोलाको तटबन्ध भत्किदा त्यस क्षेत्रका सैयौं घर डुवानमा परेको स्थानीयले बताएका छन् ।
बाढी बलवा नगरपालिकाको भण्डै ८ सय घर रहेको बस्तीमा पसेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*