१५ चैत्र २०८०, बिहीबार  |  28 March 2024,Thursday
Ad

खुल्यो भारत संग हवाई उडान, नेपाल एयरलाईन्सको पहिलो जहाज दिल्ली जाँदै

काठमाडौं । काठमाडौंबाट भारतको राजधानी दिल्लीका लागि नियमित हवाई उडान सूचारु भएको छ । लकडाउन यता सरकारले बन्द गरेको यो रुटमा बिहिबारबाट नेपाल एयरलाइन्सको जहाजले पहिलो उडान भर्न लागेको हो ।

गत २०७६सालको चैते ११ देखि सरकारले देशव्यापी लकडाउन र हवाई उडानमाथि प्रतिवन्ध लगाए पछिको भारतमा नेपालको यो पहिलो उडान हो ।

नेपाल एयरलाइन्सका अनुसार काठमाडौंबाट नियमित एउटा जहाज दिल्लीको उडान भर्ने छ । भारतले एयर ट्रान्सपोर्ट बबल स्कीममार्फत हवाई उडान खुकुलो बनाएको र नेपाल सरकारले सोही स्कीम स्वीकार गरेपछि भारतसँगको यो उडान नियमित भएको छ ।

नेपाल सरकारले गत भदौबाट अन्तराष्ट्रिय उडान खुलाए पनि भारतसहित दक्षिण एसियाली मुलुकका लागि भने उडान खुलाएको थिएन ।
तर भारतबाट एयर इण्डियाले नेपाल उडान भर्ने भनिए पनि उडान मिति भने तय नभैसकेको बताईएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*