८ बैशाख २०८१, शनिबार  |  20 April 2024,Saturday
Ad

खुल्यो डेढ महिनापछि गण्डकी मेडिकल कलेजको ताला

३, चैत्र, कास्की । आन्दोलनरत गण्डकी मेडिकल कलेजका विद्यार्थाले अस्पतालमा लगाएको ताला सनिबार खोलेका छन् ।
कलेजले बढी शुल्क लिएको भन्दै विभिन्न चार सूत्रीय माग राख्दै विद्यार्थीले गत माघ १७ देखि कलेज प्रशासन र अस्पतालको बहिरंग विभागमा तालाबन्दी गरेका थिए ।
शनिबार प्रहरीको रोहवरमा ताला खोल्दै बिद्यार्थीले अहिले कानुनी प्रक्रियामा आफ्ना मागहरू प्रवेश गरेको र नियमनकारी निकायको प्रतिवेदन नआउञ्जेलसम्म आन्दोलन स्थगित गरिएको जनाएका हुन ।
आफुहरुले शैक्षिक एवं अस्पतालको सेवा सञ्चालनमा कुनै पनि अवरोध नरहेको उनिहरुले दावि गरेका छन् ।
यही चैत २१ गतेदेखि सुरू हुन गैरहेको एमबिबिएस अध्ययनरत विद्यार्थीको परीक्षालाई मध्यनजर गरि परीक्षामा सहभागी हुनका लागि आफुहरु ताला खुलाउन सहमत भएको आन्दोलनरत बिद्यार्थीको भनाई छ ।
आफ्ना मागमा कलेज प्रशासनबाट सुनुवाइ नभएपछि विद्यार्थीले सञ्चालक तथा कर्मचारीविरूद्ध फागुन २१ गते ठगीको उजुरी दर्ता गरेका थिए ।
विद्यार्थीको उजुरीपछि प्रहरीले कलेजका अध्यक्ष खुमाप्रसाद अर्याललगायत ११ जनालाई फागुन २३ गते पक्राउ पुर्जी जारी गरेको थियो ।

कलेजका पूर्वप्रमुख प्रशासकीय अधिकृत सन्तोष खनाल र कर्मचारी लक्ष्मण शर्मा पक्राउ परेर छन्, भने बाँकी फरार रहेको प्रहरीले जनाएको छ ।
पक्राउ पुर्जीविरूद्ध कलेजका अध्यक्ष अर्याल सहितका ६ जनाले वारेसमार्फत उच्च अदालत पोखरामा निषेधाज्ञा समेतको अन्तरिम आदेश माग गरी रिट दायर गरेकामा अदालते फागुन ३० गते अन्तरिम आदेश जारी गर्न नपर्ने आदेश गरेको थियो ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*