८ बैशाख २०८१, शनिबार  |  20 April 2024,Saturday
Ad

कोरोना संक्रमित भन्दा निकोहुने बढे

केहि दिन यता नेपालमा कोरोना भाइरस संक्रमणको दर निरन्तर घटी रहेको छ ।
पछिल्लो २४ घन्टामा नेपालमा कोरोना संक्रमण भन्दा निको हुनेको संख्या बढे संगै नेपालमा कोरोना संक्रमणको दर घटेको पाईएको हो ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा ८ हजार ६६३ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् ।


मन्त्रालयका अनुसार आज ६ हजार ६५३ जनामा कोरोनाभाइरसको संक्रमण भेटिएका छन् ।
पीसीआर विधिबाट २० हजार ८१३ जनाको परीक्षण गर्दा ४हजार ६२४ जना र एन्टिजेन विधिबाट परिक्षण गर्र्दा २ हजार २९ जनामा संक्रमण पुष्टि भएको छ ।


यस बिचमा थप १०१ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*