८ बैशाख २०८१, शनिबार  |  20 April 2024,Saturday
Ad

कोरोना संक्रमणलाई मध्यनजर गर्दै सरकारले सुपथ मूल्यका पसल सञ्चालन गर्ने

काठमाडौँ । सरकारले बजारमा दैनिक उपभोग्य वस्तु सुपथ मूल्यमा सहजरुपमा उपलब्ध गराउन सुपथ मूल्यका पसल सञ्चालन गर्ने भएको छ ।
संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा कोरोना भाइरस संक्रमणको जोखिमबारे मंगलबार भएको छलफलमा त्यस्तो जानकारी दिईएको हो ।
कोरोना भाइरस संक्रमणलाई मध्यनजर गर्दै नागरिकलाई दैनिक उपभोग्य बस्तुमा कमि हुन नदिने उदेश्यले सुपथ मूल्यका पसल सञ्चालन हुनेछन् ।
छलफमा बोल्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले खाद्यान्नको सस्तो पसल निश्चित ठाउँहरुमा खोल्ने तयारी खाद्य संस्थान र साल्ट ट्रेडिङ कर्पोरेसनले गरिरहेको जानकारी दिए । त्यस अवसरमा मन्त्री भट्टले भने मूल्यवृद्धि र अभाव सिर्जना गर्नेलाई कारबाही गर्ने र त्यस्ता कार्य रोक्न आफु सधै प्रतिबद्ध रहेको बताए ।
गृहमन्त्रालयसँग समन्वय गरेर ७७ वटै जिल्लामा कालोबजारी गर्नेलाई छुट नदिने भन्दै मन्त्री भट्टले अहिले खाद्यान्न, औषधि, ग्यास, पेट्रोल जस्ताकुराको कुनै अभाव नरहेको बताए । साथै उनले नेपाल आयल निगमले शनिबार दिउँसो १ बजेसम्म पेट्रोल डिपो खोल्ने समेत जानकारी गराए ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*