१६ चैत्र २०८०, शुक्रबार  |  29 March 2024,Friday
Ad

कोरोना भाईरस प्रति बुद्ध एयरले अपनायो सचेतता, टिकट रद्द गर्न सम्म सकिने

काठमाडौं । बिश्वमा कोरोना भाईरसको संक्रम बढि रहेका बेला नेपाल पनि भाईरस संक्रमण नफैनियोस् भनेर बुद्ध एयरले पनि सचेतता अपनाएको छ । आफ्ना यात्रुलाई मध्यनजर गर्दै एयरलाईन्सले यात्रा गर्नु अघि रुघाखोकी वा ज्वरो आए बुद्ध एयरको काटिएको टिकट रद्द गर्न सकिने जनाएको छ ।
टिकट काटिए पनि यात्रुलाई रुघाखोकी वा ज्वरोको लक्षण देखिएमा फोन गरेर टिकट रद्द गर्न सकिने र नियमानुसार काटिएको टिकटको भाडा फिर्ता लिन सकिने एयरलाइन्सले सूचना मार्फत जानकारी दिएको हो ।
त्यस्ता संकालागेका वा लक्षण देखिएका यात्रुले टिकट रद्द गर्नु परेमा ०१–५५४२४९४ मा सम्पर्क गर्न समेत एरलाइन्सले भनेको छ । साथै एयरलाइन्सले रुघाखेकी वा ज्वरो आएका आफन्तहरुलाई विमानस्थलमा नपठाउन आग्रह समेत गरेको छ ।
बिमानमा यात्र गर्ने यात्रुबाट कोरोना भाईरस अन्य मुलुकमा फैलन सक्ने भएका कारण यस प्रति सजग र सर्तक रहन आवश्यक देखिएको चिकित्सकहरु बताउँछन् ।
नेपाल सरकारले पनि भाईरस नेपालमा भित्रन सक्ने भन्दै भ्रमण बर्ष २०२०को प्रचार प्रशार स्थागन गरेको छ । बाहिरी देशबाट आउने यात्रुको अनअराईभल भिसा समेत बन्द गरेको छ । यदि नेपाल आउनै परे नेपाली दुताबास मार्फत स्वास्थ्य जाँचको सर्टिफिकेट पेश गरेर मात्र आउन सरकारले आग्रह गरेको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*