६ बैशाख २०८१, बिहीबार  |  18 April 2024,Thursday
Ad

कोरोना बिशेष अस्पताल दाङमा अक्सिजनको अभाव, व्यवस्थापक भन्छन् ४० बिरामीको ज्यान जोखिममा

दाङ जिल्लाको बेलझुन्डीमा रहेको कोरोना विशेष अस्पतालमा अक्सिजन अभाव भएको छ ।
अक्सिजन नभएपछि त्यस अस्पतालमा उपचार गराईरहेका ४० बिरामीको ज्यान जोखिममा रहेको अस्पताल व्यवस्थापकको भनाई छ ।
गत बर्ष स्थापना गरिएको त्यस अस्पतालमा अहिले ५९ बिरामीले उपचार गराईरहेका छन् । जस मध्ये ४० जनालाई अक्सिजन आवश्यक रहेको व्यवस्थापक दोर्ण वलीले बताए ।
सनिवार रातिदेखि नै अक्सिजनको व्यवस्था गर्न सम्वन्धीत निकायलाई अनुरोध गरे पनि व्यवस्था हुन नसकेको वलीको भनाई छ ।
अव समयमै अक्सिजन नपाए उपचाररत बिरामी बचाउन गाह्रो हुन सक्ने समेत उनले बताए । लगातार बिरामी अस्तपतालमा आईरहेका छन् । अक्सिजन अभावकाकारण भित्र लगेर उपचार गर्न आफुहरुलाई अप्ठेरो परिरहेको समेत व्यवस्थापक वलीले बताए ।
कोरोना बिरामीका लागि हिजो शनिबार मात्रै १० आईसीयू, ५० एचडीयू र ४० सामान्य गरी १ सय शय्या तयार पारिएको थियो ।
यसअघि अस्पतालमा ५ आईसीयू र ३० सामान्य गरी जम्मा ३५ शय्या मात्रै थिए ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*