११ बैशाख २०८१, मंगलवार  |  23 April 2024,Tuesday
Ad

कोरोना नियन्त्रणकालागि यूवाहरु हेल्पडेस्क मार्फत सहयोगमा जुटे

कोरोना भाईरस (कोभिड–१९) संक्रमण रोकथाम र नियन्त्रणका लागि शहरका बिभिन्न स्थानमा युवाहरुले हेल्पडेक्स स्थापना गरी नागरीकलाई सहायता अभियान अगाडी बढाउन थालेका छन् ।
लकडाउनको समयमा काम बिशेषले बाहिर हिडेका मानिसहरुलाई पानी, सेनिटाईजर तथा माक्स जस्ता अत्यावश्यक सामाग्री हेल्पडेक्स मार्फत बितरण गर्न थालेको यूवाहरुले बताएका छन् ।
बिहिवार अनामगनरको घट्टेकुलो चोक नजिकै राष्ट्रिय यूवा संघ नेपालले हेल्पडेक्स राखेर सेनिटाईजर, माक्स तथा पानी लागाएतका अत्यावश्यक सामाग्री बितरण गरेको छ ।


कोरोना भाईरस थप फैलन नदिन र सचेतनाकालागि पनि आफुहले हेल्पडेक्स स्थापना गरेको यूवा संघ नेपालका सदस्यहरुको भनाई छ । लकडाउनले बजार बन्द भएको बेला सकिएको सेनिटाईजर तथा माक्स बितरणले थोरै भएपनि राहत मिलेको स्थानिय बासीहरुले बताए ।
बजारमा किन्न खोज्दा पनि नपाईने र हिडन पनि नपाई यो महामारीको समयमा यसरी सहयोग पाउँदा आफुहरु खुसी भएको अनामनगर निवासी ईश्वरी प्रसाद घिमिरे बताउँछन् ।
यसरी सवै क्षेत्रबाट सहयोग पाए महामारीको यस समयमा थप सजिलो र हौसल्ला मिल्ने घिमिरेको भनाई छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*