८ बैशाख २०८१, शनिबार  |  20 April 2024,Saturday
Ad

कोरोनाको नयाँ प्रजातिको भाइरस एशिया र युरोपका ७ देशमा फैलियो

कोरोना भाइरसको नयाँ प्रजाति क्यानडा र जापानसहित यूरोपका ७ देशमा भेटिएको छ। सबैभन्दा पहिले बेलायतमा भेटिएको यो प्रजाति अहिले क्यानडा र जापानसहित यूरोपका विभिन्न देशमा पनि भेटिएको हो ।

स्पेन, स्वीडेन, स्वीट्जरल्याण्ड र फ्रान्सले बेलायतबाट फर्किएका आफ्ना नागरिकमा कोरोना भाइरसको नयाँ प्रजाति पुष्टि गरेको बीबीसीले जनाएको छ । यस्तै क्यानाडाको ओन्टारियोमा पनि केहीमा नयाँ प्रजातिको भाइरस पुष्टि भएको छ जसमा यसअघि कतै यात्रा गरेको वा संक्रमितको सम्पर्कमा नआएका पनि परेका छन् ।

नयाँ भाइरस पुष्टि भएपछि जापानले सोमबारदेखि गैर आवासीय विदेशीलाई प्रवेशमा रोक लगाउने निर्णय गरेको छ । बेलायतबाट फर्किएका ५ जनामा देखिएको संक्रमण थप दुई जनामा सरेको पाइएपछि जापान सरकारले कडाई गरेको हो ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*