१६ चैत्र २०८०, शुक्रबार  |  29 March 2024,Friday
Ad

कोरियाली भाषा परीक्षाको टुंगो नलाग्दा तयारीमा जुटेका युवा अलमलमा

कोरियाली भाषा परीक्षा सञ्चालन हुने टुङ्गो नलाग्दा परीक्षाको तयारीमा जुटेका युवा अलमलमा परेका छन् । आकर्षक रोजगारीको गन्तव्यका रुपमा रहेको दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली इपिएस मार्फत नेपाली कामदार लैजाँदै आएको थियो । परीक्षा कहिले गर्ने भन्ने टुङ्गो नलाग्दा परीक्षाको तयारी गरेका युवामा भने निराशा छाएको छ ।

कोरियाले प्रत्येक वर्ष भाषा परीक्षा उत्तीर्ण हुने नेपाली युवालाई त्यहाँ रोजगारीको अवसर प्रदान गर्दै आएको छ । कोरियाले अझै पनि भाषा परीक्षा कहिले गर्ने भनेर टुङ्ग्याउन सकेको छैन । यस्तै परीक्षा प्रणालीका बारेमा पनि निक्र्योल हुन सकेको छैन ।

कोभिड–१९ का कारण सन् २०२० मा पनि भाषा परीक्षा सञ्चालन हुन सकेन । गत वर्ष भाषा परीक्षा सञ्चालन हुन नसके पनि यस वर्ष सन् २०२१ मा परीक्षा सञ्चालन गर्ने मौखिक जानकारी आएको इपिएस कोरिया शाखाले जनाएको छ ।

कोरियाले भाषा परीक्षा सञ्चालन गर्ने भने पनि कहिले र कसरी गर्ने भन्ने विषयमा अझै स्पष्ट पारेको छैन । कोरियाले यसपटकदेखि कम्प्युटर बेस्ड टेस्ट सिबिटी परीक्षा लिने तयारी गरेको छ ।

यसअघि पेपर बेस्ड टेस्ट पिबिटी परीक्षा हुँदै आएको थियो । यसपटकदेखि पिबिटी नगरी सिबटी परीक्षा गर्ने जानकारी आएको उनले बताए ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*