८ बैशाख २०८१, शनिबार  |  20 April 2024,Saturday
Ad

कुलंगार र भष्मासुरले पार्टी छोड्दैमा कम्युनिष्ट आन्दोलन कमजोर हुँदैन : प्रधानमन्त्री ओली


प्रधानमन्त्री केपी ओलीले प्रचण्ड–माधव पक्षलाई कुलंगार र भष्मासुरको संज्ञा दिदै त्यस्ता प्रवृत्तिका मान्छेहरुलाई जनताले त्यस्ता तत्त्वहरुलाई छानीछानी दण्डित गर्ने बताएका छन् ।

सोमबार दाङको भालुवाङमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रचण्ड र माधव नेपाललगायतको नाम उच्चारण नगरी दुईचार जना कुलंगार र भष्मासुरहरूले पार्टी छोड्दैमा कम्युनिस्ट आन्दोलन कमजोर नहुने दावी गरेका हुन् ।

उनले केही मान्छेहरुले पार्टी बैठकमा नआएर बैंक्वेट र रेष्टुरेष्टमा बसेर आफूलाई पार्टीबाटै हटाएको भनेर भन्ने गरेपनि उनीहरुलाई निर्वाचन आयोगले उचित जवाफ दिएको बताए ।

उनले अध्यक्ष चाहियो भनेर केटाकेटी जस्तो क्याङक्याङ गरेको र कामै गर्न नदिएकाले संसद विघटन गर्नुपरेको बताए ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*