८ बैशाख २०८१, शनिबार  |  20 April 2024,Saturday
Ad

किन पुग्यो दालभात तरकारीको टोलि दाङ ?

देवी भण्डारी
२, बैशाख, दाङ । चलचित्र दालभात तरकारी सपरिवार बसेर हर्ने सकिने गरि निर्माण गरिएको चलत्रिका निर्माताले दाबि गरेका छन् ।
प्रचार प्रसारका लागि दाङ पुगेको चलचित्रको टोलि संग चलचित्र पत्रकारसंघको आज दाङको घोराहीमा भएको सात्क्षातकार कार्यक्रममा निर्माताले त्यस्तो दाबि गरेका हुन् ।
चलचित्र पत्रकारसंघ दाङका अध्यक्ष धुब्रराज न्यौपानेको अध्यक्षता सम्पन्न कार्यक्रममा बरिष्ठ कलाकार हरिवंश आचार्यले ५० वर्ष पुरानो चलचित्र ईतिहासमा अहिले नेपाली चलचित्रले धेरै फड्को मारेको बताए ।
बेला बेलामा नेपाली चलचित्रमा कपिराईटको समस्या आउने गरेको भन्दै बरिष्ठ कलाकार आचार्यले चलचित्र दाल भात तरकारीमा दर्शकलले त्यस्तो कुनै पनि अनुभुती नपाउने दावि गरे ।
दालभात तरकारी राम्रो बनेको आफु विश्वस्त रहेको समेत उनको भनाई थियो ।
चलचित्रका निर्माता किरण केसीले २ करोडको खर्चिएर निर्मित चलचित्र सवा २ घण्टाको भएको बताए ।
चलचित्रका ३ वटा गीत मध्य भिजिट भिसा र तरकारीमा मुला गीत बाहिर आई सकेको छ भने अर्को एन्टिवायोटिक भने गीत फिल्म रिलिज हुनु भन्दा एक हप्ता अगाडी मात्रै सार्वजनीक गरिने समेत निर्माता केसीले जानकारी दिए ।
यहि बैशाख २० गतेबाट नेपाल भर प्रर्दशनमा आउने फिल्ममा नायक पुष्प खड्का, आँचल शर्मा, मदन कृष्ण श्रेष्ठ, हरिवंश आचार्य शिवहरी पौडेल, लगायतको मुख्य अभिनय रहेको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*