१३ बैशाख २०८१, बिहीबार  |  25 April 2024,Thursday
Ad

किन पक्रयो गायक भागिरथ चलाउनेलाई पुलिसले

काठमाडौं । गायक भागिरथ चलाउनेलाई पुलिसले पकडेको छ । सामन्य गाँउले भेषमा काठमाडौंमा हिडिरहेको बेलामा चलाउनेलाई पुलिसले पकडेको हो ।
पकड्ना साथ अपराधी झै हत्कडी लगाई प्रहरी कार्यालय पुर्याएको छ ।
देशमा भैरहेको गतिबिधीलाई समेटर छायाँङ्ककन गरिएको गायक भागिरथ चलाउने स्वंमले अभिनय गरेको म्यूजिक भिडियोमा यो दृश्य देखाईएको छ ।
गायक चलाउनेले हालै बजारमा ल्याएको देश प्रेमले ओतप्रोत देशभक्ति गीतको भिडियोमा एक सच्चा नेपालीलाई देशको माया कति हुन्छ भनेर गायन र भिडियो मार्फत देखाउन खोजिएको छ ।
देशको सिमा बिबादका कारण नेपाली प्रति देश प्रेमको भावना उर्लिएको यस समयमा आफ्नो गीतले नेपालीमा देश प्रेम सिर्जना गर्न थप मद्धत पुग्ने गायक चलाउनेको बिश्वास छ ।
गीतमा चलाउनेले देश बिकास, देशमा शुसासन र बिदेशीको हेपाहा प्रबृती कैले अन्त हुन्छ भनेर प्रश्नै प्रश्न गरेका छन् ।
लोक गायिका शान्ती श्री परियार र गायक चलाउनेकै आवाजमा रहेको गीतको शब्द र लय सिर्जना स्यंम चलाउनेकै रहेको छ भने, कमल सौरागले संगीत संयोजन गरेका छन् ।
करण चौसिरले छाँयाङ्कन गरेको भिडियो उत्तम कुमार कार्कीको सम्पादन रहेका हुन् भने निर्देशन हरि विष्टको रहेको छ ।
यहि मंसिर ३ गते आफ्नै यूट्युब च्यानलबाट सार्वजनिक भएको गीत ४ दिनमा ८० हजर बढि भ्यूज गैसकेको छ ।

भिडियो तल हेर्न सकिन्छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*