१५ बैशाख २०८१, शनिबार  |  27 April 2024,Saturday
Ad

कार्की बैँक्वेटमा नेकपा ओली समुहको भेला

सत्तारुढ नेकपाको केपी ओली समूहले आज काठमाडौंमा कार्यकर्ता भेला गर्दैछ। बबरमहलस्थित कार्की बैँक्वेटमा चलिरहेको भेलालाई प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

सो समूहले सुदुरपश्चिम प्रदेशका कार्यकर्ताको भेला गर्न लागेको ओलीका प्रेस संयोजक सूर्य थापाले जानकारी दिए। संसद विघटन र ओलीविरुद्ध पुष्पकमल दाहाल र माधव नेपाल समूहले काठमाडौं सहित देशैभर विरोध प्रदर्शन गरेको भोलिपल्टै ओली समूहले कार्यकर्ता भेलाको आयोजना गरेको हो।

कार्की बैँक्वैटमा यसअघि दाहाल नेपाल समूहले भेला र कार्यक्रम गर्दै आएका थिए। भेलालाई सुदूरपश्चिम प्रदेश सम्पर्क कमिटी तथा सम्पूर्ण जन संगठनहरुले आयोजना गरेका हुन्।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*