१६ चैत्र २०८०, शुक्रबार  |  29 March 2024,Friday
Ad

काठमाडौ उपत्यकामा कोरोनाको संक्रमण दिन प्रतिदिन बढ्दो, संक्रमितको संख्या बढे संगै सरकार देशभर थप सुरक्षा रणनीति लागु गर्ने तयारीमा

काठमाडौँ । पछिल्लो २४ घन्टामा काठमाडौं सहित देशभर ४ सय ६४ जनामा कोरोना संक्रमित पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्रै कोरोना संक्रमितको संख्या १सय ६ जना थपिएका छन् ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबार आयोजित नियमित प्रेस ब्रिफिङका क्रममा काठमाडौँमा ९२ जना, ललितपुरमा १० जना र भक्तपुरमा ४ जना नयाँ संक्रमित थपिएको जानकारी दिए । संक्रमितको यो संख्या उपत्यकामा अहिले सम्मकै ठुलो हो ।
देशभर शुक्रवार ७ हजार ९२६ जनाको पि.सि.अर. बिधिबाट कोरोना परिक्षण गरिएको थियो ।
बिहीबार मात्र उपत्यकामा ८६ जनामा संक्रमण भेटिएका थिए ।
अहिले सम्म नेपालमा कुल २२ हजार २१४ जना कोरोना संक्रमित भेटिएका छन् , भने १५ हजार ८१४ जना निको भएर घर फर्किसकेका छन् ।
नेपालमा अहिले सम्म कोरोनाबाट ७० जनाको मृत्यु भै सकेको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*