१३ बैशाख २०८१, बिहीबार  |  25 April 2024,Thursday
Ad

काठमाडौं उपत्यका कोरोना संक्रमणको सवै भन्दा जोखिम पूर्ण बन्दै

काठमाडौं । काठमाडौं उपत्यका कोरोना संक्रमणको सवै भन्दा जोखिम पूर्ण स्थान बनेको छ ।
उपत्यकामा मंगलबार अहिले सम्मको सवै भन्दा धेरै ९ सय ३४ जनामा कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा काठमाडौंमा ७ सय ४७ जना, भक्तपुरमा ७३ जना र ललितपुरमा १सय १४ जना संक्रमित भेटिएका छन् ।
यो तथ्याङ्कले काठमाडौ उपत्यकामा संक्रमित दर दिन प्रतिदिन बढिरहेको देखाएको छ ।
मन्त्रालको प्रेस ब्रिफिङमा देशभर १५ सय १३ जनामा कोरोना संक्रमित भेटिएका छन् । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार २४ घण्टामा ७ सय ३१ जना कोरोना मुक्त समेत भएका छन् ।
त्यस्तै डा. गौतमले अहिलेसम्म नेपालमा कुल ७६ हजार २ सय ५८ जनामा संक्रमण भएको तथा संक्रमणबाट ४ सय ९१ जनाको मृत्यु भएको पनि जानकारी दिए ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*