८ बैशाख २०८१, शनिबार  |  20 April 2024,Saturday
Ad

कांग्रेस निकट इञ्जिनियरहरुको चुनाव आज : थापा र थानी चुनावी मैदानमा

नेपाली कांग्रेसनिकट इञ्जिनियरहरुको संस्था सेन्टर फर डेमोक्रेटिक इञ्जिनियर्स नेपाल सिडेनको नयाँ नेतृत्वको लागि आज निर्वाचन हुँदैछ । सिडेनको नयाँ नेतृत्व लिनका लागि दुई प्यानल चुनावी मैदानमा छन् ।

सभापति शेरबहादुर देउवा समूहको उम्मेदवारका रुपमा ई उमेश थानी अध्यक्षको प्रत्याशी बनेका छन् । त्यस्तै वरिष्ठ नेता रामचन्द्र पौडेलको समूहबाट ध्रुव थापा अध्यक्षको उम्मेदवार रहेका छन् । अध्यक्षका दुवै प्रत्याशीले प्यानल नै बनाएर प्रतिस्पर्धा गर्न लागेका हुन् ।

थानीको प्यानलबाट उपाध्यक्षमा सूर्यबहादुर पाण्डे, महासचिवमा प्रेमचन्द्र राय, उप महासचिवमा विरेन्द्र खड्का र कौशल कार्की कोषाध्यक्षको उम्मेदवार बनेका छन् ।

त्यस्तै थापा नेतृत्वको प्यानलबाट उपाध्यक्षमा मन्दीप सुवेदी, महासचिवमा रोशनराज गिरी, उपमहासचिवमा सुमन पुडासैनी र कोषाध्यक्षमा श्याम दाहाल उम्मेदवार बनेका छन् । देशभरका ३ हजार ६ सय २३ जना लोकतन्त्रवादी इञ्जिनियरहरु अधिवेशनको मतदाता रहेका छन् ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*