७ बैशाख २०८१, शुक्रबार  |  19 April 2024,Friday
Ad

कांग्रेस केन्द्रीय कार्य समितिको बैठक आज

आज नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक बस्दैछ । पार्टी प्रवक्ता विश्व प्रकाश शर्माका अनुसार बैठकमा पार्टीको १४ औं महाधिवेशनको नयाँ मिति र भावी आन्दोलनको स्वरुपको बारेमा छलफल हुनेछ ।

गत असार महिनामा बसेको केन्द्रीय कार्य समितिको बैठकले यही फागुन ७ देखि १० सम्म पार्टीको १४ औं महाधिवेशन गर्ने निर्णय गरेको थियो । तर कोरोनाको कहर, क्रियाशील सदस्यता वितरणमा देखिएको झमेला र विभिन्न जिल्लामा समायोजनमा उत्पन्न गतिरोध लगायतका कारणले महाधिवेशन हुन सकेन । तर महाधिवेशन तय भएको मिति आउन दुई दिन बाँकी हुँदा पनि पार्टीले अर्काे निर्णय गर्न सकेको छैन ।

केन्द्रीय समितिको बैठकले अहिलेसम्म भएका प्रगतिको समीक्षा गर्दै नयाँ मिति घोषणाको बारेमा छलफल गर्नेछ । त्यसभन्दा पहिला पार्टीको केन्द्रीय समितिको म्याद थप्ने विषयमा निर्णय हुनेछ ।

केन्द्रीय समितिको चार वर्षे कार्यकाल गत फागुन महिनामा सकिएपछि एक वर्षको लागि म्याद थपिएको थियो । पार्टीको १३ औं महाधिवेशन २०७२ फागुन २० देखि २३ गतेसम्म काठमाडौंमा भएको थियो ।

महाधिवेशनको तयारीलाई अगाडि बढाउने निर्णय भए पनि महाधिवेशनको यकिन मिति भने कांग्रेसले प्रतिनिधिसभाको विघटन सम्बन्धी सर्वाेच्चको फैसलापछि मात्र गर्ने सम्भावना रहेको नेताहरुले बताए । अब थपिने म्याद भदौसम्म सकिने भएकाले त्यसअगावै जसरी पनि महाधिवेशन गराउनुपर्ने छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*