६ बैशाख २०८१, बिहीबार  |  18 April 2024,Thursday
Ad

काँग्रेसमा प्रवेश गरे राप्रपाका सुनील थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता सुनील बहादुर थापा नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।
नेपाली कांग्रेस केन्द्रिय कार्यालय सानेपामा मंगलबार आयोजित कार्यक्रममा पार्टी सभापति शेरबहादुर देउवाले थापा सहितका नेतालाई काँग्रेसमा प्रवेश गराएका हुन् ।
सभापति देउवाले थापा सहित अन्य नेताहरुलाई कार्यक्रममा सदस्यता समेत प्रदान गरेका छन् ।
राप्रपाले परिवर्तनलाई आत्मसात गर्न नसकेको भन्दै थापा सहित ३१ राप्रपाका नेताले गएको शनिबार पार्टी त्यागको घोषणा गरेका थिए ।
पार्टी त्याग गरेका उनिहरुलाई नेपाली काँग्रसमा प्रवेश गराईएको नेपाली काँग्रेसका नेताहरुले बताएका छन् ।
थापा राप्रपाका संस्थापक तथा पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा हुन् ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*