८ बैशाख २०८१, शनिबार  |  20 April 2024,Saturday
Ad

काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल प्रहरी नियन्त्रणमा

तनहुँ । तनहुँको व्यास नगरपालिकाको बुल्दी खोलामा बनेको पुल उद्घाटन गर्न जाने क्रममा नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बुधबार स्थानीय प्रशासनले पुल क्षेत्रमा जारी गरेको निषेधाज्ञा तोड्न खोजेको भन्दै वरिष्ठ नेता पौडेललाई नियन्त्रणमा लिईएको प्रहरीले बताएको छ ।
पुल कस्ले उद्घाटन गर्ने भन्ने बिषयमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी र प्रतिपक्ष दल नेपाली काँग्रेसबीच विवाद भए पछि अवस्थालाई मध्यनजर गर्दै स्थानीय प्रशासनले पुल क्षेत्रमा निषेधाज्ञा जारी गरेको थियो ।
निषेधाज्ञा जारि गरिए पनि नेता पौडेल जुलुस सहित पुल उद्घाटनका लागि त्यहाँ पुगेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको प्रहरीको भनाई छ ।

तर पौडेलले पुल उद्घाट गर्न जाँदा पनि शान्ति सुरक्षा बिग्रन्छ र निषेधाज्ञा जारी गर्नु परेको भन्दै सरकार संग प्रश्न गरेका छन् ।
पुल उद्घाटन गर्नबाट आफुलाई रोक्न बिभिन्न बाहान बनाएको भन्दै बरिष्ठ नेता पौडेलले स्थानीय प्रशासन र सरकारको चर्को आलोचना गरेका छन् ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*