१५ चैत्र २०८०, बिहीबार  |  28 March 2024,Thursday
Ad

कस्ले बुझ्ने र कस्ले सुन्ने उखु किसानहरुको मर्का,आवाज

काठमाडौं । आफ्ना मर्का र आवाज कसैले नसुनेको उखु किसानहरुले गुनासो गरेका छन् ।
बर्ष दिनभरी परिश्रम र पसिना बगाएर आएको आम्दानि प्राप्त गर्ने बेला चिनी मिल उद्योगी सहित सरकारले नै आफुहरुलाई बेवास्ता गरेको उखु किसानहरुले बताएका छन् ।

केहि दिन यता बिभिन्न जिल्लाबाट संघिय राजधानी काठमाण्डौं आएका उखु किसानहरुले बुधबार पनि हलो र उखु लिएर माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।

निरन्तर प्रदर्शन गर्दै आए पनि रत्तिभर पनि आफ्ना गुनासा सुनाई नभएको र बरु उल्टै बिचौलियाको आरोप लागेकोमा उखु किसानहरुले चित्त दुखाएका छन् ।

सत्तासिन नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) भित्रको बिभाजन र संसद विघटन संगैको आतरिक राजनीतिक द्वन्द्वले आफुहरुका मागमा कुनै सुनुवाई नभएको उनिहरुको भनाई छ ।

गएको मंसिर २८ गते देखि निरन्तर काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरिरहेको किसानहरुले चिनी मिल सञ्चालकहरुले सबै किसानको भुक्तानी नदिए सम्म आफुहरुको आन्दोलन नरोक्ने बताउँदै आएका छन् ।

गत वर्ष उखुको रकम दिलाउने गरी उखु किसान र मिल सञ्चालकबीच सरकारको समन्वयमा सम्झौता भए पनि मिल सञ्चालकहरुले किसानहरुको झण्डै ९० करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको किसानहरुको भनाई छ ।

तर सरकारले भने उखु किसानहरुको भुक्तानी नदिने उद्योगीलाई कारबाही गर्ने बताएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*