४ बैशाख २०८१, मंगलवार  |  16 April 2024,Tuesday
Ad

कसरी बच्ने (Diabetes) मधुमेह रोगबाट

हिरा बस्नेत (योगी)
असन्तुलित खानपान र प्रयाप्त मात्रामा शारीरिक व्यायामको अभाबले मानिसमा सवै भन्दा बढि रोग लाग्ने कारण बनेको छ । नेपालमा बढदो उच्च किसिमको जिवन शैली तथा सुबिधा सम्पन्न उपभोग्य बस्तुको बढदो प्रयोगले नेपालीहरु दिर्घ रोगीको बन्नु प्रमुख कारण हो ।

मधुमेह, उच्च रक्तचाप, कोलस्टेल, थाइएराईड, हृदयघात जस्ता दृर्घ तथा अल्पकालिन रोगले नेपाली समाजलाई गाँजेको पछिल्लो तत्थ्याङ्कले देखाउँछ । जसका कारण बर्षेनी हजारौं मानिसको मृत्यु समेत भैरहेको छ ।
बंसानुतग तथा असन्तुलित खान पिन एवं प्रयाप्त शारीरिक व्यायामको अभाबले नेपालमा Diabetes मधुमेह (चिनी रोग)का बिरामी बढिरहेका छन् ।

मधुमेह के हो ?
मानव शरीरमा स्थित (pancreas) नामक अँगमा रहेका (beta cell) बाट ( Insulin ) नामक रासायनिक पदार्थ कम मात्रामा बनेमा वा बनिसकेको ( Insulin ) ले कुनै कारणबस राम्रो सँग काम नगरेमा रगतमा ग्लुकोजको मात्रा बढ्न जाने अवस्थालाई मधुमेह भनिन्छ ।
मधुमेहलाई अङग्रेजीमा डायविटिज, डायविटिज मलाइटस र नेपालीमा चिनी रोग भनिन्छ ।
चिनी रोग दुई प्रकारको हुन्छ ।
१. टाइप वान (Type –I)
२. टाइप टु (Type –II)
यी मध्ये पहिलो टाइप वान डायविटिज पेन्क्रियाजले पर्याप्त मात्रामा इन्सुलिन उत्पादन गर्न नसक्ने देखिन्छ । जसलाई ( Insulin Dependent Diabetes Mellitus (IDDM ) पनि भनिन्छ ।

टाइप टु डायविटिज शरीरगत कोषहरुले इन्सुलिन प्रति राम्रो सँग प्रतिक्रिया जनाउन नसक्ने देखिन्छ जसलाई ( Non Insulin Dependent Diabetes Mellitus -NIDDM ) पनि भनिन्छ ।
मधुमेह हुनुको कारण :
मधुमेह हुनुको एउटा कारण बंशानुगत कारण हो । परिवारमा बुबा वा आमालाई मधुमेह छ, भने छोरा छोरीलाई पनि यो रोग सर्ने सम्भावन प्रबल हुन्छ । त्यस्तै पेन्क्रियाज रोगहरु, गर्भावस्था, जीवाणु सँक्रमण, मोटोपन तथा अपर्याप्त शारीरिक व्यायामको कमिले पनि यो रोग लाग्ने सम्भावना उच्च हुन्छ ।
मधुमेहका लक्षण तथा चिन्नहरु :
1. तिर्खा बढी लाग्ने
2. भोक धेरै लाग्ने
3. तौल घट्दै जाने
4. आँखा धमिलो देख्ने
5. पिसाब बढी लाग्ने
6. कमजोरी महसुस हुने
7= घाउ छिटो निको नहुने
8. पखाला लाग्ने
9. रक्तचाप घट्ने वा बढ्ने
10. टाँउको दुख्ने
मधुमेह बाट कसरी बच्ने :
रोग लागेर उपचार गराई निको हुनु भन्दा रोग नै लाग्न नदिनु बुद्धिमानी हो । त्यसैले मधुमेह लागिसके पछि यसलाई नियन्त्रण मात्र गर्ने सकिन्छ । त्यसैले रोग लाग्नु भन्दा पहिला यि कुरामा ध्यान दिए मधुमेहबाट बच्न सकिन्छ ।
मधुमेहबाट बच्न स्वस्थकर आहार विहार खानु पर्दछ । नियमित शरीरिक व्यायम गर्ने, चुरोट, रक्सी आदी दुव्र्यवसनीबाट टाढा रहने, शरीरको वजन नियन्त्रित राख्ने, रक्तचाप नियन्त्रण राख्ने, रोगीको उमेर, लिङ्ग, वजन, पेशा आदीको आधारमा रोगीलाई कति शक्ति आवश्यक छ, भन्ने कुरा को निर्धारण गरि तत्अनुसार भोजनको प्रकार र मात्रा छनोट गर्ने र खाने गर्नु पर्दछ ।
मधुमेह को घरेलु उपचार गर्ने विधि :
1. खनामा बढी Carbohydrate भएका खानेकुराहरु नखाने ।
2. खाना सकेसम्म उसिनेको या उमालेको खाए बेस हुन्छ ।
3. हरियो सागपात, फलहरु नियमित रुपमा सेवन गर्नुपर्छ । फलफुल रसको सेवन गरी पुरै चपाएर खानुपर्छ ।
4. मधुमेह रोगीले नियमित रुपमा व्यायाम गर्नुपर्छ जस्तै हिड्ने, साइकल चलाउने, पौडि खेल्ने आदी Exercise ले रगतमा चिनीको मात्रा घटाउने रक्तसञ्चार प्रणलीलाई सक्रिय राख्न मद्दत पु¥याउन्छ ।
5. रगतमा ग्लुकोजको मात्रा नियन्त्रण गर्न वा घटाउन (मेथिको चुर्ण, तिते करेलाको तरकारी, करेला तथा जामुनाको बोक्राको, निम्बु बिजको चुर्ण एक या दुई पटक दैनिक सेवन गर्न सकिन्छ ।
6. बास्प स्नान ( Steam Bath ) हप्तामा एक पटक गर्ने ।
मधुमेह रोगीले खान हुने खाद्यपदार्थहरु :
मधुमेह रोग लाग्नु भन्दा पहिले नै साबधानि अपनाईयो भने यो रोग लाग्नबाट बचिन्छ । यदि लागि हाल्यो भने यस रोगका रोगीले सोडा, नुन, कागती, बन्दा, काउली, काँक्रा, भान्टा, पालुङ्गोको साग, टमाटर, चिनी बिनाको कालो चिया जस्ता खाने कुरा खान मिल्दछ ।

मधुमेह रोगीले खान नहुने खाद्यपदार्थहरु :
मधुमेहका बिरामीले खानामा ध्यान दिनुपर्ने महत्वपुण कुराहरु, चिनी, मिठाई, चक्लेट, मह, जाम, कोकाकोला, फेन्टा, केक, तेल या घिउमा तारेका खानाहरु, बियर, रक्सी आदीहरु खन हुँदैन । यदि यस्ता खाने कुरा खाईयो भने यस रोग बढन जान्छ र मानिसको मृत्यु समेत हुनसक्छ ।
यति गर्दा पनि यो रोग लागेका बिरामीलाई मधुमेह नियन्त्रण देखियन भने, चिकित्सलाई जाँच गराई चिकित्सकको सल्लाह अनुसार नियमित औषधी सेवन गर्नु पर्दछ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*