१६ चैत्र २०८०, शुक्रबार  |  29 March 2024,Friday
Ad

कब्जा भएको भुमादेवीको पाँचतले घर कल्ले फर्काई दिने

काठकाडौ । काठमाडौँ उपहानगरपालिका वडा नम्बर २६ गंगबुकी भुमादेवी गौतम पौडेलले स्थानीय सरकारले आफुलाई सहयोग नगरेको गुनासो गरेकि छन् ।
स्थानीय सरकार र प्रहरीले चासो नदिएका कारण आफुहरुको घर फिर्ता पाउन नसकेको उनको भनाई छ ।
घर किन्ने बाहानामा घरमा बस्दै आएका उत्तम कुमारले घर नकिनी उल्टै हक दावि गरेपछी भुमादेवी स्थानीय सरकारको शरणमा पुगेकि थिईन् ।
पाँच तले घर किन्छु भनेर छिरेका उत्तमले घर नकिनेको र उल्टै आफुलाई रकम ठगि गरेका दावि गरेपछी भुमादेवी न्यायकालागि स्थानिय प्रहरी समक्ष पुगेको बताउँछिन् ।

तर उत्तम कुमारले भने भुमादेवीलाई दुई करोड ठगिको आरोप लगाएका छन् । सोहि ठगि बमोजिम उत्तमकुमारले जिल्ला अदालत काठमाडौँ र उच्च अदालतमा भुमादेवि बिरुद्ध दुई करोड बिगो दाबी सहित ठगि मुद्धा हालेका थिए । दुवै अदालतले भने उत्तम कुमारको मुद्धा यस अघि खारेज गरिसकेको भुमादेवीको परिवारको भनाई छ ।

अदालतमा आफु बिरुद्ध ठगि भनेर हालेको मुद्धा खारेज गरिदिए पनि त्यसको कार्यान्वयन भने नभएको र आफुले न्याय नपाएको भुमादेवीको गुनासो छ । अदालतवाट न्याय पाए पनि उत्तम कुमारले घर खाली गर्न नमानेकाले भुमादेवीको परिवार थप चिन्तामा परेको उनिहरुको भनाई छ ।

यता स्थानिय जनप्रतीनिधी काठमाडौँ महानगरपालिका वडा नम्बर २६ का वडा अध्यक्ष ख्यामराज तिवारीले भने आँफूहरुले घर खाली गराउनका लागि प्रयास गरेको भएपनि सफल हुन नसकेको बताए ।
घटनाबारे अदालतमा मुद्धा परेको र त्यसकोे फैसला बारे आफुहरुलाई थाहा नभएकाले पनि घर खालि गराउन समस्या परेको वडा अध्यक्ष तिवारीको भनाई छ ।
अदालतको फैसला आफुहरु समक्ष आए घर खालि गराउन पहल गर्ने समेत वडा अध्यक्ष तिवारीले बताए ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*