१५ चैत्र २०८०, बिहीबार  |  28 March 2024,Thursday
Ad

ओली सरकारबाट सुशासनको कल्पनै गर्न सकिन्न : महामन्त्री कोइराला

नेपाली कांग्रेसका महामन्त्री शंशाक कोइरालाले नेकपाको कम्युनिष्टको सरकार भ्रष्टचारमा लिप्त भएको बताएका छन्। नेपाली कांग्रेसले आयोजना गरेको विरोधसभालाई आज विराटनगरमा सम्बोधन गर्दै कोइरालाले कोरोना माहामारीका बेला औषधि खरिदमा पनि सरकार भ्रष्टाचारमा लिप्त भएको बताए।

‘कोरोना माहामारीका बेला औषधि खरिददेखि वाइडबडी काण्ड,निर्मला हत्याकाण्ड जस्ता काण्डमा दिनप्रतिदिन सरकार अनेकौँ काण्डमा फस्दै छ’महामन्त्री कोइरालाले भने,‘काण्डै काण्डको जगमा अहिलेको सरकार अडिएको छ’ ‘यो सरकारबाट सुशासनको कल्पनै गर्न सकिन्न।’

 उनले नेता रामचन्द्र पौडेललाई गिरफ्तार गर्ने, मीनेन्द्र रिजाल लगायतका नेतालाई हातपात गर्ने कार्यले वर्तमान सरकारको दमनकारी सोच उदाङगो भएको बताए। उनले वर्तमान सरकारको दमनकारी सोचविरुद्ध देशभर आजको प्रदर्शन आयोजना गरिएको पनि बताए।

महामन्त्री कोइरालाले वर्तमान सरकारसँग विकासको कुनै पनि योजना र खाकासमेत नभएको बताए। ‘साढे तीन वर्ष भयो वर्तमान सरकार गठन भएको भन्दै महामन्त्री कोइरालाले भने,‘तपाईंहरूलाई म प्रश्न राख्छ।’ के यो सरकारले एउटा नँया आयोजना दिएको छ’? किन भने यो सरकारको दृष्टि भिजन नै छैन उनले थपे। उनले अहिले जे जति विकास भएको सबै नेपाली कांग्रेस सरकारमा भएको समयमा विकास भएको पनि दाबी गरे।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*