११ बैशाख २०८१, मंगलवार  |  23 April 2024,Tuesday
Ad

ओली सरकारका विरुद्धमा आज ३३० स्थानमा कांग्रेसको प्रदर्शन


संसद बिघटन बिरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज ३ सय ३० निर्वाचन क्षेत्रमा बृहत विरोध प्रदर्शन गर्दैछ । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी ओलीको संसद विघटन गर्ने असंवैधानिक कदमका विरुद्धमा आज देशैभरी बिरोध प्रदर्शन गर्ने भएको हो ।

पुष १९ गते पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको बैठकले आज ३ सय ३० स्थानीय तहमा बिरोध गर्ने निर्णय गरेको थियो । यस्तै विरोधका कार्यक्रम अन्तर्गत नै माघ ३ गते ७५३ वटै स्थानीय तह र माघ ८ गते देशहरुका सबै ६ हजार ७४३ वटै वडाहरूमा विरोध प्रदर्शन गर्ने कार्यक्रम तय गरेको छ ।

गत पुस ५ गते प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिद्वारा संसद विघटन गरिएपछि कांग्रेसले यसको विरोध गर्दै आएको छ । पुस १३ गते पनि उसले देशका १६५ वटै निर्वाचन क्षेत्रमा सरकारविरुद्ध प्रदर्शन गरेको थियो ।

आज विरोध प्रदर्शनपछिको कोणसभालाई सम्बोधन गर्न काँग्रेस नेताहरु विभिन्न ठाउँ पुग्दैछन । सभापति शेरबहादुर देउवाले भने बुढानीलकण्ठमै सम्बोधन गर्ने भएका छन् भने उनले काठमाडौं क्षेत्र ५ अन्तर्गित प्रदेश सभा ख को कार्यक्रममा सम्बोधन गर्नेछन् ।


यस्तै वरिष्ठ नेता रामचन्द्र पौडेल क्षेत्र ७ अन्तर्गतको प्रदेश निर्वाचन क्षेत्र ख मा सहभागी हुँदैछन् । पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले प्रदर्शनीमार्गमा सम्बोधन गर्दैछन् । यो काठमाडौं ६ को प्रदेश क मा पर्दछ । नेता प्रकाशमान सिंह आफ्नै निर्वाचन क्षेत्र काठमाडौं १ का क र ख दुवै निर्वाचन क्षेत्रमा आयोजित कार्यक्रममा सम्बोधन गर्नछन् भने गगन थापाले क्षेत्र ४ को दुबै प्रदेश निर्वाचन क्षेत्रमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*