१५ चैत्र २०८०, बिहीबार  |  28 March 2024,Thursday
Ad

ओली नेकपाले बुटवलमा शक्ति प्रदर्शन गर्दै, प्रधानमन्त्रीले सम्बोधन गर्ने


सत्तारुढ नेकपाको ओली समूहले आज रुपन्देहीको बुटवलमा शक्ति प्रदर्शनसहित आमसभा गर्दै छ । सो सभालाई प्रधानमन्त्री केपी ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

सभा मध्याह्न १२ बजेपछि बुटवल–७ को सिद्धेश्वर माविको प्रांगणमा हुने छ ।

रूपन्देही जिल्लाबाट एक लाख र अन्य जिल्लावाट एक लाख गरी २ लाख जनता भेला पार्ने ओली समूहका लुम्बिनी प्रदेश इन्चार्ज एवम् मुख्यमन्त्री शंकर पोखरेलले बताएका छन् ।

संसद विघटन गर्नुपर्ने बाध्यात्मक परिस्थितिको बारेमा जनतालाई जानकारी दिन सभा आयोजना गरिएको मुख्यमन्त्री पोखरेलको भनाइ छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*