४ बैशाख २०८१, मंगलवार  |  16 April 2024,Tuesday
Ad

ओलीले जनमतको अपमान गर्दै संवैधानिक कु गरे : प्रकाशमान सिंह

नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले प्रधानमन्त्री केपी ओलीको अहमताले संविधानमाथि आक्रमण भएको बताएका छन्। संसद् विघटनविरुद्ध काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै नेता सिंहले प्रधानमन्त्री ओलीले संविधानको कू गरेको बताएका हुन्।

उनले भने– ‘दुई तिहाईको हुइय्याँ चलाउने, आफ्नै पार्टीमा समर्थन जुटाउन नसक्ने । दलभित्र फेस गर्न नसक्ने, धेरै ठूला कुरा गरेर हिँड्ने ? ओली सरकारले संवैधानिक कु गरेको छ।’ ओली सरकार अधिनायकवादको शैलीमा अघि बढेको उनको आरोप छ।

नेता सिंहले ओली सरकारले जनताको अपमान गरेको बताए। पाँच वर्ष सरकार चलाउन मत दिएका जनताको मतको बेवास्ता गरी संसद विघटन गरेको भन्दै उनले संसद् पुनःस्थापनाको लागि सबैको दबाब आवश्यक रहेको बताए। उनले जनमतको अपमान गर्नु गम्भिर प्रकारको अपराध भएको बताए । नेता सिंहले संविधानमाथि प्रहार भएकोले कांग्रेस चुप नबस्ने पनि बताए।

कांग्रेसले सहनशील भएर प्रतिपक्षीको भूमिका निर्वाह गरेको पनि बताए। उनले भ्रष्टाचार गर्दिन, गर्नेलाई हेर्दिनँ भन्ने प्रधानमन्त्रीले भ्रष्टाचारीलाई संरक्षण गरेको आरोप पनि लगाए। आज कांग्रेसले देशका १६५ निर्वाचन क्षेत्रमा संसद् विघटनविरुद्ध विरोध प्रदर्शन गरेको छ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*