११ बैशाख २०८१, मंगलवार  |  23 April 2024,Tuesday
Ad

ओलीलाई कारवाही गरिसकेको नेकपाका अध्यक्ष प्रचण्डको भनाई


नेकपाका अध्यक्ष पुष्पकमल दाहालले कुनै एक व्यक्तिको पार्टी, जनता र राष्ट्रविरोधी गतिविधिले पार्टीको एकतामा कुनै असर नपर्ने बताएका छन्। दाहालले आपिल जारी गर्दै प्रधानमन्त्री ओलीको कमदलाई असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश, पश्चगामी र स्वेच्छाचारी भन्दै नेकपा स्थायी समिति बैठकले उनलाई अनुशासनको कारबाही गर्ने निर्णय गरिसकेको उल्लेख गरेका छन्।

कुनै एक व्यक्तिको पार्टीविरोधी गतिविधिले पार्टी एकता भत्काउन नसक्ने भन्दै उनले त्यस्तो क्रियाकलापलाई भ्रमात्मक प्रचारको संज्ञा दिएका छन्।

उनले जनताको बलिदानबाट प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्रसहितको राजनीतिक परिवर्तन रक्षा गर्नु नै अहिलको ऐतिहासिक कार्यभार भएको बताउदै राष्ट्रको समृद्धि र नेपाली कम्युनिष्ट आन्दोलनको भविष्यका निम्ति पार्टी एकतालाई कमजोर पार्ने सबै प्रकारका प्रवृत्ति र तत्वहरुका विरुद्ध एकतावद्ध भएर उभिन तथा कुनै पनि व्यक्तिको पार्टी विरोधी गतिविधिले एकीकृत पार्टीको संरचना र पार्टी एकतालाई भत्काउन सक्ने छैन र त्यसप्रकारको कुनै भ्रमात्मक प्रचारमा नपर्न आग्रह गरेका छन्

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*