१५ चैत्र २०८०, बिहीबार  |  28 March 2024,Thursday
Ad

एमाले संवाद र वार्ताबाट भागेको सर्वदलीय बैठकको आरोप

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकले नेकपा एमाले संवाद र वार्ताबाट भाग्न खोजेको निष्कर्ष निकालेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले बिहिबार बोलएको सर्वदलीय बैठकमा सवै दल उपस्थित भए पनि एमाले सहभागी नभए पछि बैठकले क्षलफल गर्दै त्यस्तो निष्कर्ष निकालेको हो ।
प्रमुख प्रतिपक्षमा रहेको एमालेले संसदमा रचनात्मक प्रतिपक्षको भुमिका निर्वाह गर्ने ठाउँमा छलफल र संवादमा नै नआई संसद अवरोध गरिरहनुले जनमानसमा नराम्रो सन्देश जाने समेत बैठको ठहर छ ।
यस अघि सभामुख अग्नि साप्कोटाले बोलाएको सर्वदलिय बैठकमा पनि एमाले सहभागी भएको थिएन् ।
प्रधानमन्त्री शेरवहादुर देउवाको भनाईलाई उदृत गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले एमाले सर्वदलिय बैठकमा आउनेछ र आफ्ना कुरा राख्नेछ भन्ने बिश्वास रहेको संचारकर्मीहरुलाई बताए ।
लगातार एमालेको अवरोधका कारण प्रतिनिधिसभा संसदमा ३३ वटा र राष्ट्रियसभामा पेश भएका २७ वटा विधेयक अलपत्र परेका छन् ।
यसलाई फुकाउन र संसद सुचारु गर्न दिई वर्तमान अन्योल हटाउन केपी ओलीले सकारात्मक भुमिका खेल्नेमा समेत आफु बिस्वस्त रहेको प्रधानमन्त्रीले बताएको समेत कार्कीले भने ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*