१५ चैत्र २०८०, बिहीबार  |  28 March 2024,Thursday
Ad

उपत्यकामा जारी निषेधाज्ञा केहि खुकुलो बनाई पुनः एक हप्ता थपियो

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा केहि खुकुलो बनाईएको छ ।
उपत्यकाका तिनै जना प्रमुख जिल्ला अधिकारीहरुको आज बसेको बैठकले केहि खुकुलो सहित पुनः एक साताकालागि निषेधाज्ञा थपेको हो ।

थपिएको निषेधाज्ञामा निजी सवारी साधन जोर–विजोर प्रणालीमा चलाउन पाइनेछ । त्यस्तै बार अनुसार कुन पसल सञ्चालन गर्न पनि भन्ने पनि निर्णय भएको छ ।

निषेधाज्ञाको यस समयमा भाडाका ट्याक्सीलाई पनि जोर विजोर प्रणालीमा मार्फत चल्न दिने पनि निर्णय भएको छ । बैठकले भाईरस संक्रमणको त्रास कायमै रहेको भन्दै अन्य सार्वजनिक सवारीसाधन भने अझै चलाउन नपाइने निर्णय गरेको छ ।

संचालन गरिने पसल तथा सवारी साधनमा सवार नागरिक आफैंले पनि स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने छ ।
बैठकको निर्णय अनुसार हार्डवेयर पसल भने दैनिक खोल्न पाईने छ ।
आर्थिक गतिविधिलाई सहज बनाउने गरी प्रशासनले बिहान ११ देखि ४ बजे सम्म बिभिन्न बार अनुसार पसल खोल्न दिने निर्ण गरेको छ । जस अनुसार आइतबार, मंगलबार र बिहीबार सुनचाँदी, भाँडा, विद्युतीय, घरायसी सामान विक्री गर्ने पसल सञ्चालन गर्न दिईने भएको छ ।

त्यस्तै, अटोमोबाइल्स र त्यसका पार्टपूर्जा पाइने पसलहरु पनि खोल्न पाईनेछ । सोमबार, बुधबार र शुक्रबार सपिङ मल, खेलकुद सामग्री पसल, कपडा र जुत्ता पसल तथा सोही दिनमा फेन्सी, कस्मेटिक, गिफ्ट र टेलरिङका पसल पनि खोल्न पाईने छ ।

प्रशासनले गएको १६ वैशाख देखि लागु गरेको निषेधाज्ञा पटक पटक गरी लम्ब्याउदै आएको थियो । केहि दिन यता भाईरसको संक्रमण निरन्तर घटेपछी प्रशासनले निषेधाज्ञाको मोडालिटि परिवर्तन गरि केहि खुकुलो बनाएको हो ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*